सामान्यको कर्मचारी प्रशासन ताक्दै बदनाम उपसचिव यादव

अनेकन बदनामीमा मुछिएका उपसचिव तेजनारायण यादव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा ताक्दै छन् ।

Advertisement 1

यातायात कार्यालय एकान्तकुनाको प्रमुख हुँदा भ्रष्टाचार मुद्धा परेर निलम्बनमा परेका यादव जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सामान्य प्रशासनमा जम्प गर्ने तयारी गरिरहेका छन् ।
यातायात कार्यालय एकान्तकुनाको प्रमुख हुँदा “ट्रायल फेल” भएका २ सय ४ जनालाई लाइसेन्स दिएको अभियोगमा तात्कालिन प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए ।

नेपालमै नक्कली विदेशी लाइसेन्स बनाउने र त्यसलाई नेपालीकरण गर्दै करोडौ आर्थिक अनियमिततामा मुछिएका यादवको टिमले मृत्यु भएका ब्यक्तिहरुको नाम टिपेक्स लगाएर समेत लाइसेन्स बितरण गर्ने काम गरेर बदमासी कमाएका कर्मचारी हुन । विना लिखित परीक्षा र ट्रायल समेत नदिइ १ लाख रुपैयाँको दरले लाइसेन्स बिक्री गरेको भन्दै अख्तियारले यादवसहित शाखा अधिकृत ईश्वरराज रेग्मी, मेकानिकल ईन्जिनियर श्याम केसी, शाखा अधिकृत भुपराज दाहाल, शिव प्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, ठुलो भ¥याङमा कार्यरत शाखा अधिकृत शालिग्राम पौडेल र यातायात ब्यवस्था विभागका अपरेटर लक्ष्मण तिवारी बिरुद्ध मुद्धा दायर गरेको थियो। तर, विशेष अदालतले ०७७ फागुन १७ गते
अदालतबाट सफाई पाए ।
सफाई पाएसँगै उनको रोजाई पर्यो यातायात कार्यालय नै । यादव यातायात कार्यालय बुटवलमा हाकिम भएर पुगे । त्यहाँ पनि उस्तै बदमासी जारी राखे । तत्कालीन सचिव कुमार दाहालले उनको बदमासी थाहा पाएर सरुवा गर्न खोजे तर पावरवाला हाकिमले उल्टै प्रदेश सचिव कुमार दाहालकै सरुवा गराइदिए ।

Advertisement 2

०७९ चैतमा यादवको सरुवा भयो राजस्व अनुसन्धान कार्यालय पथलैयाको प्रमुखको रुपमा । त्यहाँ रहँदा राजस्व चुहावट र छलिलाई नियन्त्रण गर्नु भन्दा प्रोत्साहन र संरक्षण गरेको आरोप छ ।
उनी विरुद्ध अकुत आर्जनको मुद्धा अख्तियारको विचराधिन छ । जसरी चुणामणि शर्माले आफ्नो सम्पत्ति किताब विक्री वितरणबाट भएको देखाउँदै आएका थिए । ठीक उसैगरी यादवले पनि नायब सुब्बा परीक्षा पथप्रर्दशक लगायतका पुस्तक लेखेरै ९३ लाख आर्जन गरेको जबाफ सम्बन्धित निकायहरुमा पेश गरेका छन् ।

केही समयदेखि यादव प्रधानमन्त्री कार्यालयमा छन् । उनी सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखामा जम्प गर्न खोज्दैछन् । जनमत पार्टीसँग संगठन छैन न त कर्मचारीहरु नै छन् । त्यही कारण यादव अहिले सामान्य प्रशासनमा जानका लागि शक्तिकेन्द्र धाइरहेको स्रोतको दावा छ ।

प्रकाशित :२०८० भाद्र २८, बिहीबार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम