समायोजन संशोधन/ मिलानका लागि कहिलेसम्म दिन पाइन्छ आवेदन ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन मिलानका लागि आवेदन दिने समय थप १५ दिन थपेको छ । मन्त्रालयले गत फागुन १ गतेदेखि १६ गतेसम्मका लागि कर्मचारी समायोजन मिलानका लागि आवेदन लिएको थियो । मन्त्रालयले एक सूचना जारी गरी कर्मचारी समायोजन मिलानका लागि अरु १५ दिनको म्याद थप गरेको हो ।
Advertisement 1
मन्त्रालयद्धारा जारी सूचनामा कर्मचारी समायोजन एंव मिलान सम्बन्धि मापदण्ड,२०७७’ अनुसार यसअघि समायोजन भएका वा समायोजन हुन बाँकी रहेकालाई सही ढाँचामा निवदेन पेश गर्न म्याद थप गरेको जनाएको हो ।
मन्त्रालयका अनुसार एकै एकै व्यक्तिले पटकपटक अनलाइन फारम भरेको देखिएको भन्दै मन्त्रालयले रितपुर्वक आवश्यक कागजातहरु पूरा गरेर एकपटक मात्र निवेदन पेश गर्न अनुरोध गरेको छ । रित पूर्वक भन्नाले दुबै तहबीचको अनिवार्य सहमति लिनुपर्ने छ । यो प्रावधानको कर्मचारीहरुले तिव्र विरोध गरिरहेका छन् । दुबै तहको स्वीकृति लिनु झण्झटपूर्ण भएको कर्मचारीहरुको गुनासो छ ।
स्वास्थ्य मन्त्रालयले १५ दिन म्याद थपे पनि सामान्य प्रशासनले भने यसबारेमा केही सूचना जारी गरेको छैन् । सामान्यले कर्मचारी समायोजन संशोधनका लागि निवेदन माग गरेको छ तर निवेदन कहिलेसम्म दिन पाइने ? यस बिषयमा केही बोलेका छैन् । सामान्य प्रशासन मन्त्रालयले समायोजन संशोधनको निवेदन दिनका लागि मिति नतोकिएको जनाएको छ । यस्को मतलव यो प्रक्रिया सदैव चल्छ भन्ने चाहिँ होइन् । निश्चित समय पछि समायोजन संशोधनको निवेदन लिने ढोका पनि बन्द हुनेछ ।
त्यसका लागि समायोजन संशोधन गराउन चाहने कर्मचारीहरुले मन्त्रालयले तोकेको इमेल आइडी [email protected] मा मेल पठाउनुपर्नेछ ।