१० वर्षपछि पर्यटन बोर्डले पायो उपाध्यक्ष, चन्द्र रिजाल सर्वसम्मत


मंगलवार बसेको बोर्डको बैठकले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् ।

Advertisement 1

रिजालसहित ङावा ङिमा शेर्पा र कृष्ण शाह गत माघ २३ गते सञ्चालक समिति सदस्य नियुक्त भएका थिए । बोर्डका अन्य सदस्य विप्लव पौडेल र पम्फा धमलासहित सबैको सर्वसम्मतिमा रिजालाई उपाध्यक्ष चयन गरिएको हो ।

टानका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी रिजालले पर्यटन बोर्डमा १० वर्षपछि उपाध्यक्ष बन्ने शौभाग्य पाएका छन् । सदस्यबीचकै खिचातानी र एकले अर्कोलाई स्वीकार नगर्ने पर्यटन बोर्डमा १० वर्षदेखि कोही पनि उपाध्यक्ष हुन पाएका थिएनन् ।

Advertisement 2

गत माघ २३ गते मन्त्रिस्तरीय बैठकको निर्णयबाट क्रमशः चन्द्रप्रसाद रिजाल, कृष्ण शाह, र ङावाङिमा शेर्पालाई नियुक्त गरेको थियो भने निजी क्षेत्रबाट नियुक्त हुने पाँच जनामध्ये २ जना यसअघि नै स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारिले नियुक्त गरेका थिए । जसमा पर्यटन व्यवसायी विप्लव पौडेल र अर्का पर्यटन व्यवसायी पम्फा धमला रहेका थिए । नेपालको पर्यटनलाई विश्वबजारमा चिनाउने हेतुले निर्माण गरिएको यस संस्थामा वार्षिक डेढ अर्बदेखि २ अर्ब बजेट हुन्छ ।

प्रकाशित :२०७७ फाल्गुन १८, मंगलवार २२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry