आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं। विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।
Advertisement 1
सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन्।
अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए। पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ।
Advertisement 2
यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए।
प्रकाशित :२०८२ जेष्ठ १४, मंगलवार ११:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%