सिडियो खतिवडा अख्तियारको फन्दामा…

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

Advertisement 1

अख्तियारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं १० मा विद्युत पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनको सम्वन्धमा अनुसन्धान हुँदा सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका भोजराज खतिवडा देषी देखिएपछि आज भ्रष्टचारको मुद्दा दर्ता गरेको हो ।

अख्तियारले खतिवडासहित वडा नं १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाई प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

Advertisement 2

अख्तियारका अनुसार ०७५/ ०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नम्बर १० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला र सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाबिच सम्झौता भएको थियो ।

उक्त योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गावाट निशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामाग्रीहरु वईजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाईज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन ईनसुलेटर स्पिन्नडल सामानहरु लिई सोही सामाग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी खरिद गरेको भनी फर्जी बिल बनाई बनाउन लगाई सोही बिल सिद्धिचरण नगरपालिकामा भुक्तानीको लागि सिफारिस तथा पेश गरी गर्न लगाई सोही बिल वमोजिमको नापी किताव, उपभोक्तासम्वन्धी विल र कार्य सम्पन्न प्रतिवेदनमा लेखी लेखाई गलत प्रतिवेदनसमेत तयार गरी गराई भुक्तानी नै गर्न नमिल्ने ४ लाख ७७ हजार ८ सय ९९रुपैंया ६० पैसा भुक्तानी दिई दिन लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ङ) वमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा भोजराज खतिवडा, अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी र दामोदर धमलालाई बढी भुक्तानी दिई दिन लगाएको देखिएको हुँदा उनीहरुविरुद्ध ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ पैसा साठी पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिमको कैद र मागदावी बराबरको अभियोगपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित :२०८० श्रावण ७, आईतवार २०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम