सांसदहरुले प्रतिनिधिसभा विघटन भएको समयको तलब पाउने

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरे । जस्लाई सर्वाेच्चको संवैद्यानिक इजलाशले दुई महिना पछि उल्टाइदिएको छ अर्थात संसद बिघटन बदर गरिदियो । प्रतिनिधि सभा बिघटन भएको ६५ दिनपछि सर्वोच्च अदालतले उक्त निर्णय वदर गर्दै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नाममा १३ दिनभित्र बैठक बोलाउन पनि परमादेश जारी गरेको छ ।
यसरी बिघटन भएको अवधिको तलब र भत्ता पनि सांसद तथा तिनका पिएहरुले पाउने भएका छन् । संघीय संसदका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार भने प्रतिनिधिसभाका सांसदहरुले सो समयको पनि तलब भत्ता लगायतका सबै सुविधा पाउने बताउँछन् । उनका अनुसार,प्रतिनिधि सभा पुन स्थापना भएपछि सांसद र पिएले ३ महिनाको तलब एकैपटक पाउने भएका हुन । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरेको जनाएको छ ।
प्रतिनिधिसभामा २ सय ७५ जना सदस्य रहेकामध्ये हाल २७४ सांसद बहाल छन् । ती मध्ये ४ जना निलम्बनमा छन् । मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् । सरकारले सांसदलाई प्रतिसांसद मासिक ६५ हजार १ सय ७१ रुपैयाँ पाउँछन् । यस्तै, आवाश भत्ता भनेर मासिक १८ हजार रुपैयाँ गरी ८३ हजार १ सय ७१ रुपैयाँ पाउँछन् । यी सबै गरी सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार मासिक जाने छ । यस्तै प्रत्येक सांसदलाई एक जना स्वकीय सचिव राख्ने सुविधा कानुनले नै दिएको छ । स्वकीय सचिवलाई ३० हजार रुपैयाँका दरले मासिक तलब दिन्छ । यसरी हिसाव गर्दा २७५ जना स्वकीय सचिवलाई नै ३० हजार रुपैयाँका दरले रकम दिनुपर्ने हुन्छ ।
अहिलेको व्यवस्था अनुसार २७५ जना सांसदलाई मासिक ८३ हजार १ सय ७१ रुपैयाँका दरले २ महिनाको तलब भत्ता वापत ४ करोड ५७ लाख ४४ हजार ५० रुपैयाँ राज्यकोषको खर्च हुने देखिन्छ । यस्तै, २७५ जना स्वकीय सचिवको लागि २ महिनाको तलब १ करोड ६५ लाख रुपैयाँ खर्च हुनेछ ।

Advertisement 1

यसरी प्रतिनिधिसभाका सांसद र उनीहरुका स्वकीय सचिवलाई तलब तथा भत्ता प्रदान गर्दा राज्यकोषको कम्तिमा पनि ६ करोड २२ लाख ४४ हजार ५० रुपैयाँ खर्च हुनेछ ।फागुन २५ गते अगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको छ ।

प्रकाशित :२०७७ फाल्गुन १४, शुक्रबार ०६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry