निकुञ्जको नालीबेली

भनिन्छ प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एसियामा विशिष्ट स्थान हासिल गरेको छ । प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले २०३७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत १२ राष्ट्रिय निकुञ्जहरुखप्तड,चितवन,पर्सा,बर्दिया,बाँके,मकालुबरुण,रारा,लाङटाङ,शिवपुरी नागार्जुन,शुक्ला फाँटा,शे फोक्सुण्डो र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।
Advertisement 1
यस्तै ६ वटा संरक्षण क्षेत्रभित्र अन्नपूर्ण,अपि नम्पा,कृष्णसार,कञ्चनजंगा,गौरीशंकर र मनास्लु रहेका छन् । यस्तै कोशी टप्पु वन्यजन्तु शिकार आरक्ष,ढोरपाटन शिकार आरक्ष रहेका छन् । १३ मध्यवर्ती क्षत्रे घाषणा भई व्यवस्थापकीय कार्यहरु सञ्चालन गर्दै आएका छन् । वन क्षेत्र मासिदै जानु र दिन प्रतिदिन स्थानीय समुदायहरुको काठ, दाउरा, घाँस, चरिचरन तथा अन्य वन पैदावारहरुको आवश्यकता पुरा गर्नका लागि संरक्षित क्षेत्रहरु माथिको निर्भरता बढ्दै जानु संरक्षित क्षेत्र व्यवस्थापनको लागि एउटा ठूलो चुनौती देखिन्छ सरकारका सामु । संरक्षण कार्यबाट स्थानीय वासिन्दाहरुलाई वढीभन्दा वढी लाभान्वित र मानव वन्यजन्तु द्वन्द न्युनिकरण गरी जैविक विविधता संरक्षण प्रभावकारी बनाउन र स्थानीय समुदायको संरक्षणमा प्रत्यक्ष सहभागिता प्राप्त गर्ने उद्देश्यले ०४९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को चौथो संशोधन गरी मध्यवर्ती क्षेत्र व्यवस्थापनको प्रावधान समावेश गरिएको बुझिन्छ । मध्यवर्ति क्षेत्र ब्यवस्थापन नियमावली २०५२ अनुसार संरक्षित क्षेत्रहरुले आर्जन गर्ने राजश्वको ३० देखि ५० प्रतिशत रकम विनियोजन गरी सम्बन्धित संरक्षित क्षेत्र वरिपरीका स्थानीय जनताहरु मार्फत वन, वनस्पति र जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने गरी आयआर्जन तथा सामुदायिक विकास कार्यक्रमहरुमा खर्च गरिदै आएको छ ।
यस्का अलवा ६ वटा संरक्षण क्षेत्रहरुमध्ये ३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोषले २ वटा नेपाल सरकारले १ वटा स्थानीय बासिन्दाले नै संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । नेपालको कूल क्षेत्रफलको २३.३९ प्रतिशत भू–भाग ओगटेको सरकारी आँकडा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार कालो गरुड,सेतो गरुड,सारस,चीर,डाँफे,मुनाल,खर मुजूर,सानो खर मुजूर,राज धनेश लगायतका पक्षी संरक्षित मानिएको छट । यस्तै स्तनधारी अन्र्तगत हाब्रे,हुँडार,जंगली याक,चिरु,नायन,अर्ना,गौरीगाई,बाह्रसिंगा,कस्तुरी मृग,पुड्के बँदेल,गैंडा,जङ्गली हात्ती,हिउं चितुवा,बाघ,ध्वांसे चितुवा,चरी बाघ,हिमाली खैरो भालु,ब्वांसो,सोंस,हिस्पिड खरायो,सालक,आसामी बाँदर,कृष्णसार,चौका लगायतका रहेका छन् । संरक्षित घस्रने जातका जन्तु अजिङ्गर (एसिएटिक रक पाईथन),घडियाल गोही र सुन गोहोरो लगायत रहेका छन् ।
Advertisement 2
०७८÷०७९ मा नेपालभरि वन्यजन्तुबाट ५८ जनाले ज्यान गुमाउँदा ७२ सामान्य घाइते भएका छन् भने ११६ सख्त घाइते भएका छन् । बन्यजन्तुबाट कूल १२,६७२ क्षतीका घट्ना दर्ज भएको सरकारी अधिकारीहरु बताउँछन् । पछिल्लो समय बन्यजन्तु अपराधीका गिरफ्तारी र अङ्ग प्रत्यङ्ग (आखेटोपहर)बरामदीले कालो धब्बा लाग्न पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक डा महेश ढकालका अनुसार,०७८÷७९ मा राष्ट्रिय निकुञ्ज÷आरक्ष÷संरक्षण क्षेत्र कार्यालयमा वन अपराध सम्बन्धी १३१ र वन्यजन्तु अपराध सम्बन्धी १२५ वटा गरी जम्मा २५६ वटा मुद्दाहरु दर्ता हुँदा ७३८ जना मानिस पक्राउमा परेका थिए जसमध्ये वन अपराधमा संलग्न ३५८ जना थिए भने वन्यजन्तु अपराधमा संलग्न ३८० संग्लग्न रहेका छन् । हरेक बर्ष राष्ट्रिय निकुञ्ज र ंसंरक्षित क्षेत्रबाटै बन्यजन्तु मारिने चोरिनु श्रृंखला बढ्दै जानु दुखद पाटो हो । वर्षेनी करोडाँै रुपैयाँ खर्च भइरहेको हाम्रो संरक्षण क्षेत्रमा प्राथमिकरुपमै समस्या देखिरहेको छ । बन्यजन्तु र मानिसबीच चल्ने द्धन्दका कारण वन्यजन्तु र मानिसहरु दुबैतर्फ क्षति भइरहेको छ । वन्यजन्तुले घर भत्काइदिने, बालीनाली नस्ट गरिदिने, बाख्रा, कुखुरालगायतका घरपालुवा जनावर खाइदिने, हामीलाई नै आक्रमण गरी घाइते बनाउने वा ज्यान लिने शत्रुको रुपमा लिइएको भेटिन्छ ।
प्राणी संरक्षणमा कटिवद्ध प्रशासक
महेश्वर ढकाल
महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
साढे दुई दशक अघि निजामती सेवामा पाइला राखेका हुन महेश्वर ढकालले । वन विज्ञानमा आइएस्सी र बिएस्सी तह पार लगाए पछि त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका ढकालले जापानबाट वातावरण विज्ञान स्नातकोत्तर शिक्षा हासिल गरे । उनको अध्ययनको गति यतिमै रोकिएन,जापानबाट फरेष्ट रिसोर्स इकोनोमिक्समा विद्यावारिधि उपाधी हासिल गरे । स्याङ्जाको एउटा गाउँमा जन्मिएका महेश्वर ढकालले नामका अगाडि डाक्टर उपाधि जोड्न कम्ता पापड (संर्घष) पेलेनन् । ०५४ सालमा निजामती क्षेत्रमा पाइला राखेका ढकाल अहिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।
उसो त उनको सिंगो परिवारै निजामती क्षेत्रमा छ । महानिर्देशक ढकालका जेठा दाजु सालिकराम चितवन राष्ट्रिय निकुञ्जका लेखा प्रमुख, काइलो भाइ यज्ञ केयुकेएलका लेखा प्रमुख,अर्का भाइ बलराम जिल्ला प्रशासन कार्यलय काठमाण्डौंका सहायक प्रमुख जिल्ला अधिकारी र कान्छो भाइ ईश्वरी राजश्व अनुसन्धान विभागमा उपसचिवको जिम्मेवारीमा छन् ।
ढकाल झण्डै १२ बर्ष त वन मन्त्रालयभित्रको सोइल कम्जरभेसन सेवामा शाखा अधिकृत तहमा एक दशक सेवा गरेपछि ०६७ सालमा निकुञ्जतर्फ उपसचिवमा उक्लिन सफल भए । सेकेण्ड क्लासको अफिसर हुँदा निकुञ्ज विभागको वातावरण शाखामा राम्रो काम गर्ने थोरै अफिसर मध्येका एक हुन । ०७३ सालमा सहसचिवमा बढुवा भएपछि उनी छोटो समय विभागको उपमहानिर्देशक भएर काम गरे । विभागबाट सरुवा भएर वन तथा वातावरण मन्त्रालयमा गएपछि जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाले । केही समय गण्डकी प्रदेशको वन सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । त्यहाँबाट राज्यले उनलाई खटायो राष्ट्रपति चुरे तराई विकास समितिको सदस्यसचिवका रुपमा । चुरेमा जति बसे, रणनैतिक हिसावले निकै सफल देखिए ।
चुरेमा सुधार
जहाँ बस्यो त्यही आमूल सुधारका प्रयन्त गर्ने प्रशासक हुन ढकाल । गण्डकी प्रदेशबाट फर्किएपछि उनले खोजेको ठाउँमा सरुवा पाएनन्, राष्ट्रपति चुरे तराई विकास समितिको सदस्यसचिवको जिम्मेवारी पाए । त्यहाँ रहँदा चुरे संरक्षणको गुरुयोजना परिमार्जनको काममा हात हाले । कर्मचारीहरुको कामचोर र कीर्ते प्रवृत्तिलाई कस्ने योजना बनाए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिन्धुलीसम्म लिएर एकै दिन एक लाख विरुवा रोप्ने काममा उनी सफल भए । कर्मचारीलाई कस्ने योजना बनाए । जसमा फिल्ड घुमेर भ्रमणभत्ता, इन्धन, गास, बासको ‘क्लेम’ मात्र गर्ने पदाधिकारीले प्रतिवेदन समेत बुझाउने गरेका थिएनन् । जब ढकाल सदस्य सचिव भएर गए, अनि प्रतिवेदन विना सबै किसिमका भुक्तानीमा रोक लगाए । दाना पानी रोकिए पछि झण्डै राज्यमन्त्री र सहायकमन्त्रीस्तरको सुविधा लिनबाट बञ्चित भए विज्ञहरु । विभागको कमाण्ड सम्हालेको अब साउनमा १ बर्ष पुग्दैछ । उनै ढकालसँग वन,बन्यजन्तु र उनीहरुको अबस्थाको वारेमा हामीले थप जिज्ञासा राख्यौं ।
हाम्रो प्रश्न थियो, वन्यजन्तुले मान्छेलाई गर्ने क्षति वा मान्छेले वन्यजत्नुमाथि गर्ने क्षतिमा कुन बढी छ ?
जबाफमा महानिर्देशक ढकाल भन्छन्,‘जसरी मान्छेको ज्यान जाँदा चर्चा हुन्छ,उति धेरै चर्चा हुदैन बन्यजन्तु मारिँदा । मानिस र बन्यजन्तुको द्धन्दका कारण मान्छे र बन्यजन्तुको ज्यान जाने गर्दछ । जुन अनुपातमा मान्छेको ज्यान गएको छ उही अनुपातमा बन्यजन्तुको पनि ।’ पाँच बर्ष अगाडि ०७४÷७५ मा देशभरका निकुञ्ज, आरक्षण क्षेत्र, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा कुल ३२६ वन्यजन्तुले ज्यान गुमाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ । चार बर्षको अन्तरालमा यसरी ज्यान गुमाउनेको वन्यजत्नुको संख्या ७५ प्रतिशतले बढेको आँकडा छ ।
वन्यजत्नुको व्यथा,अरुलाई के थाहा ?
आर्थिक बर्ष ०७७÷७८ मुलुकभरका २० संरक्षित क्षेत्र र वरपर गरि ५७३ वन्यजन्तुले ज्यान गुमाए । सवारी दुर्घटना, चोरी सिकारी, कुकुरको आक्रमण लगायतका कारण वन्यजन्तुले ज्यान गुमाउँदै आएका छन् । यस्तै प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । ०७४÷७५ यस्तो प्रकोपबाट ५७ वन्यजन्तुको प्राणपखेरु उड्दा,सवारी दुर्घटनामा परेर १२४, चोरी शिकारीबाट २, कुकुरको टोकाइबाट ४८ र नहरमा डुबेर २७ ले ज्यान गुमाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अभिलेख रहेको भेटिन्छ । ७७÷७८ को तथ्यांकअनुसार मृत्यु भएकामध्ये २२५ चित्तल, ५४ बँदेल, ३४ गैंडा, १८ जरायो, १८ कृष्णसार, १७ बाँदर, १५ नाउर, ११ दुम्सीर अन्य जनावर छन् । यस्तै ०७८÷७९ मा गैंडा ३७, बाघ ११, हात्ती २, अर्ना ५, भालु २, चितुवा ११, चरी बाघ ७, बदेँल १०५, कस्तुरी मृग ३, कृष्णसार २१, चितल १०४, जरायो १३, रतुवा १४, घोरल ५, झारल ४, बाँदर ८ लगायतका बन्यजन्तु समेत गर्दा ४ सय ५८ को ज्यान गएको तथ्यांक छ । मान्छे र वन्यजन्तुको द्वन्द्व तराईकै मध्यवर्ती क्षेत्र र निकुञ्जमा बढेको अभिलेख भेटिन्छ । बर्दिया,चितवन, लाङटाङ, शिवपुरीलगायत निकुञ्जहरुमा मानववीसत बढ्दो छ । निकुञ्जबाहिर गएर हात्ती, गैंडा र चितुवाबाट मानिसमाथि आक्रमण भएको भेटिन्छ । निकुञ्जभित्र आहार कमी हुँदा हात्ती खानेकुरा खोज्दै मानवबस्ती तिर पुग्ने गरेको छ । आहाराकै खोजीमा गैंडा र चितुवा पनि गाउँतिर बस्तीमा पस्ने वालीनाली तथा मानिसमाथि आक्रमण गर्ने गरेको भेटिन्छ ।
५८ मानिसले गुमाए ज्यान
हात्ती, बाघ, गैंडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदर लगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु तथा घाइते गरेको भेटिन्छ । ०७८÷०७९ मा नेपालभरि वन्यजन्तुबाट ५८ जनाले ज्यान गुमाउँदा ७२ सामान्य घाइते भएका छन् भने ११६ सख्त घाइते भएका छन् । बन्यजन्तुबाट कूल १२,६७२ क्षतीका घट्ना दर्ज भएका छन् । मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनिकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम १५ करोड ५८ लाख २ हजार ४ सय ६८ रुपैँया बराबरको राहत रकम वितरण गरिएको छ । आ.व.०७८÷७९ मा २० वटा संरक्षित क्षेत्रहरुमा जम्मा ४५८ वटा वन्यजन्तुको मृत्यु भएको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग रहेको छ । सबैभन्दा बढी वन्यजन्तुको मृत्यु चितवन राष्ट्रिय निकुञ्जमा भएको थियो भने सबैभन्दा कम खप्तड राष्ट्रिय निकुञ्ज र अपिनाम्पा संरक्षित क्षेत्रमा भएको थियो । सो आर्थिक बर्षमा अधिकाशं बंदेल (१०५ वटा), चित्तल (१०४ वटा), गैडा (३७ वटा), बाँदर (२६ वटा), कृष्णसार (२१ वटा), रतुवा (१४ वटा), जरायो (१३ वटा) ले ज्यान गुमाएका छन् ।
उद्धारमा अग्रसरता
०७८÷७९ मा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी २२२ वटा वन्यजन्तुको उद्घार हुँदा पर्सा राष्ट्रिय निकुञ्जबाट १७२, कोशीटप्पु वन्यजन्तु आरक्षमा ९९, बर्दिया राष्ट्रिय निकुञ्जबाट १४१, र बाँके राष्ट्रिय निकुञ्जबाट ४३ वटा लगायत अन्य संरक्षित क्षेत्रद्वारा समेत गरी जम्मा ८०० को उद्धार गरिएको छ । सो आर्थिक बर्षमा अजिङ्गर ३७५ वटा, कछुवा ११६ वटा, चित्तल ८८ वटा, मगर गोही २८ वटा, अन्य सर्प प्रजाति २३ वटा, बँदेल २१ वटा, रतुवा ११ वटा गरी जम्मा ७६६ वटा वन्यजन्तुहरुको उद्घार भएका छन् ।
७३८ मान्छे पक्राउ
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र सो अन्तरगतका नियमावली विपरीत कार्य गर्नेलाई अनुसन्धान तथा तहकिकात गरि मुद्दा हेर्ने अदालत वा तोकिएको अधिकारी समक्ष पेश गरिँदै आएकोमा आ.व. २०७८÷७९ मा राष्ट्रिय निकुञ्ज÷आरक्ष÷संरक्षण क्षेत्र कार्यालयमा वन अपराध सम्बन्धी १३१ र वन्यजन्तु अपराध सम्बन्धी १२५ वटा गरी जम्मा २५६ वटा मुद्दाहरु दर्ता भएका छन् । वन तथा वन्यजन्तु सम्बन्धी अपराध कार्य गरेको कसूरमा आ.व. २०७८÷७९ मा ७३८ जना मानिस पक्राउमा परेका थिए जसमध्ये वन अपराधमा संलग्न ३५८ जना थिए भने वन्यजन्तु अपराधमा संलग्न ३८० संग्लग्न रहेका छन् । पछिल्लो समय जंगलको अतिक्रमण बढ्दो छ,वन्यजन्तुको बासस्थान घट्दो । वन्यजन्तु र मान्छेको बासस्थान ओभरल्याप हुँदा एक अर्का माथि आक्रमणको सिलसिला बढेको महानिर्देशक ढकाल बताउँछन् । यस्का अलवा आरक्षण क्षेत्रमा मानवीय गतिविधि बढ्न थालेपछि वन्यजन्तुलाई वासस्थान र खाद्यान्नको संकट पर्न थालेको छ । यस्तै कारण हो मान्छे र बन्यजन्तुबीचको द्धन्द बढ्दै गएको ।
खाँचो व्यापार होइन व्यवस्थापनको
यस्ता घटना निर्मुल पार्नको लागि मान्छेले आनी बानीमै परिवर्तन आउनुपर्दछ भन्छन्,महानिर्देशक ढकाल । राष्ट्रिय निकुञ्ज क्षेत्रका जंगली जनावरको आतङ्क मानवबस्तीमा धेरै देखिन्छ । सरकारले पुरै निकुञ्जमा काँडेतार लगाउन सकेको छैन् । समय समयमा सरकारले बस्ती स्थानान्तरणको योजना ल्याएको पनि हो तर स्थानीयले अटेर गर्दै आएका छन् । जङ्गल नजिकै बस्ति बढ्नु, निकुञ्ज क्षेत्रमा होटल, रेष्टुरेन्टलगायत मनोरञ्जनका क्षेत्र धेरै छन् । यसरी निकुञ्ज भ्रमणका नाममा दर्जनौँ सवारीसाधन निकुञ्जभित्र प्रवेश गर्न दिई निकुञ्जलाई व्यवस्थापन भन्दा पनि व्यापारको रूपमा सरकारले बुझ्दै आउँदा समस्या भएको उनको बुझाई छ । स्थानीयको सुरक्षा तथा वन्यजन्तुको आतङ्क रोक्न सरकारसँग प्रभावकारी योजना छैन । द्वन्द्व व्यवस्थापन गर्ने सजिलो उपाय भनेको स्थानीय आफैँ सजग हुनुपर्छ । पछिल्लो समयमा स्थानीय र वन्यजन्तुबीच द्वन्द्व बढेको छ । विशेष गरी जंगली हात्ती बस्तीमा पसेर बालीनाली खाने र मानिसमाथि नै आक्रमणका घटना भइरहेका छन् । हात्ती शारीरिक रूपमा ठूलो हुने भएकाले उसलाई खान बस्न ठूलो क्षेत्र चाहिन्छ । जहाँ खान पाइन्छ, हात्ती उतै लम्किन्छ । जनावरहरू प्राकृतिक बाटोमा हिँड्न मन पराउँछन् । त्यसैले, उनीहरूले मानव अवरोध सहन सक्दैनन्। साना जनावरलाई नियन्त्रणमा लिई राख्न सकिए पनि हात्तीलाई सकिँदैन । सबैभन्दा राम्रो मानिसको बानी ब्यहोरामै परिवर्तन आउन जरुरी छ ।
समाधानको दीर्घकालीन उपाय के त ?
जनावर र मानिसबीचका द्धन्द्धका घटनामा जनावरमाथि दोष थोपरिन्छ । वन्यजन्तुले दुःख दियो, यसलाई खोर वा चिडियाखानामा पालौं भनेर हुँदैन । तसर्थ दीर्घकालीन समाधानको खोजी गरिनु जरुरी छ । वन्यजन्तु र मानिसबीचको द्वन्द्वको समाधानको सुरुवात मानिसबाटै हुनुपर्छ । वन्यजन्तु र मानिसबीच भइरहेको द्वन्द्वको समाधानका लागि राज्यले वन र आरक्षण क्षेत्रबाट भइरहेको आम्दानी खर्चिनुपर्ने महानिर्देशक ढकालको सुझाव छ । वन पैदावार र वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार, संरक्षित क्षेत्रको सिमानाभित्र र मध्यवर्ती क्षेत्रको सरकारी वन क्षेत्रमा बस्ती र जग्गा अतिक्रमण, कमजोर भौतिक संरचना र साधन स्रोतको अपर्याप्तता, कर्मचारीहरूमा व्यावसायिक कार्यकुशलताको कमी, प्राकृतिक स्रोत माथिको बढ्दो मानवीय चाप, वातावरणमैत्री पूर्वाधार विकास नहुनु, घाइते टुहुरा वन्यजन्तुको व्यवस्था गर्न स्रोत साधन, वन्यजन्तु अस्पताल र उद्धार केन्द्रको कमी, वन्यजन्तुको वासस्थान खुम्चनु, क्षयीकरण तथा संरक्षित क्षेत्र बीचमा जैविक मार्ग सहज नहुनु, सेक्टर कार्यालय, रेञ्जपोष्ट तथा पोष्टहरु पुराना र जीर्ण हुनु लगायतका समस्या छन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग । यस्ता समस्या सामाधान गर्न राज्य गम्भीर हुनुपर्ने देख्छन्,महानिर्देशक ढकाल ।
Advertisement 3
राजश्वमा बार्षिक करोडौं योगदान

०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज देशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने एकसिंगे गैंडा, बाटे बाघ, घडियाल गोही, गौरी गाई, चराहरूले पर्यटकलाई आकर्षण गर्ने बस्तुहरु हुन । पछिल्लो गणना अनुसार निकुञ्जभित्र ६९४ वटा एकसिंगे गैंडा, १२८ बाघ, ५४६ प्रजातिका चराका अलवा ७० प्रजातिका स्तनधारी, ४९ प्रजातिका सरीसृप र उभयचर, १२० प्रजातिका माछा यहाँ रहेका छन् । निकुञ्जभित्र ४० बढी प्राकृतिक ताल, दर्जनौं कृत्रिम ताल, घोल र पोखरीहरू का अलवा रिउ, राप्ती र नारायणी नदी निकुञ्ज हुँदै बग्छन् । । निकुञ्जभित्र दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर गर्न र थारु संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटकहरू हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । जिल्लाका सौराहा, मेघौली, पटिहानी, माडी, देवघाट, सिराईचुली लगायतका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरु बढी आउने गर्दछन् । अन्यत्र जिल्लाबाट राजधानी प्रवेश गर्ने र बाहिरिने क्रममा छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत देखिन्छन् । प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकालिका केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यो निकुञ्जले बार्षिक करोडौं राजश्वमा योगदान पु¥याउँदै आएको छ ।
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यापर्यटनबाट १९ करोड ३९ लाख ३२ हजार २ सय ५० र गैरकाठ तथा वनपैदावार बिक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २६९ रुपैयाँ राजश्व उठेको छ । गत वर्ष ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन भएको थियो । निकुञ्ज भित्र जिपमा मात्रै पर्यटकहरू घुम्ने गरेका छन् । प्रति जिपको निकुञ्जले ५ हजार शुल्क असुल्दै आएको छ । हात्ती लैजान निषेध गरिएको निकुञ्जले जनाएको छ ।
१० वर्ष यताकै धेरै पर्यटक यो बर्ष चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए,यो बर्ष । विगतमा विदेशी पर्यटक धेरै हुन्थें,यस बर्ष भित्रिएकामध्ये अधिक नेपाली हुन् । औषधमा वार्षिक सात लाखभन्दा बढी पर्यटक भित्रिने गरेको एक अध्ययनले देखाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रए । जसमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क मुलुकका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक रहेका छन् । पर्यटकबाट झण्डै १७ करोड ३० लाख तीन हजार नौ सय राजस्व सङ्कलन गर्न सफल भएका छौं । यस्तै आव २०७८÷७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटकबाट ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व उठेको थियो भने ०७५÷७६ मा एक लाख ८७ हजार एक सय नौ पर्यटक निकुञ्ज पुग्दा ०७७÷७८ मा ९८ हजार नौ सय २८ पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्दा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको तथ्यांक छ । यस्तै आव २०७६÷७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गर्दा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको छ ।
निकुञ्जले नेपाली पर्यटकसँग प्रति ब्यक्ति १५०,सार्क मुलुककासँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिदैं आएको छ । कोभिड महामारी चले यता नेपाली पर्यटकको संख्या ह्वात्तै बढेको तर विदेशी र सार्क देशबाट अपेक्षाकृत पर्यटक आएका छैनन् । नेपालीहरुमा परिवारसहित नै घुम्नका लागि यो राष्ट्रिय निकुञ्ज रोज्ने गरेको देखिन्छ । चालु आर्थिक बर्षमा १ लाख ८७ हजार २१७ नेपाली, सार्क देशका २७ हजार ८७४ र तेस्रो मुलुकका ४८ हजार ७१५ पर्यटकले निकुञ्ज घुमेका तथ्यांक छन् । नेपालीहरु सबैभन्दा धेरै कार्तिक महिनामा २९ हजार ६१५ जना, सार्क देशका सबैभन्दा धेरै बैशाख महिनामा ५ हजार ७९ जना र तेस्रो देशका कार्तिक महिनामै ८ हजार ८८२ जनाले निकुञ्ज भ्रमण गरेका तथ्यांक छ । पछिल्लो १० वर्षमा सबैभन्दा कम पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुगेको ०७२÷०७३ मा हो । सो बर्ष ८७ हजार ३ सय ९१ र कोरोना महामारी फैलिएको बर्ष ०७७÷७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।
बाघ हेर्ने आउनेको ताँती

बर्दिया राष्ट्रिय निकुञ्जको विशेषता बाघ हो । निकुञ्जभित्र बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु रहेका छन् । पछिल्लो समय बाघको सङ्खया एक सय २५ पुगेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ हेर्न आउने आन्तरिक र वाह्य पर्यटकको संख्या बढ्न थालेको देखिन्छ । निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्खया बढेर एक सय २५ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा एक हजार विदेशी पर्यटक भित्रिएका थिए । यो आर्थिक बर्षको जेठसम्ममा ६ हजार पुगेका छन । बाह्य मात्र होइन आन्तरिक पर्यटकसमेत बढेका छन् । अघिल्लो आर्थिक वर्ष १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए चालु आर्थिक बर्षमा १५ हजार पुगेका छन् । बाघको हेर्नकै लागि निकुञ्ज पुग्नेको संख्या बढेको हो । निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये झण्डै ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गर्ने गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक निकुञ्ज घुम्न आएका थिए । गत आर्थिक वर्षमा सार्क मुलुकका ४ सय पर्यटकले अवलोकन गरेको आँकडा निकुञ्जसँग छ । यस आर्थिक बर्षमा ८ सयले अवलोकन गरिसकेका छन् । विशेष गरी अमेरिका, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुन्ज अवलोकन गर्ने गरेका छन् । पछिल्लो समय अमेरिकी पर्यटकको सङ्खया बढिरहेको छ । उनीहरु बाघका अलवा डल्फिन पनि अवलोकन गर्छन । यस्तै बाघको आहारा मानिने चित्तल, बाह्रसिङ्गेको हेरेर आनन्द लिएको देखिन्छ । सुन्दर घाँसेमैदान, नदी र जैविक विविधताले निकुञ्जको विशेषता हो । यसैले बर्दिया राष्ट्रिय निकुञ्जको सौन्दर्य बढाएको छ । एक सय स्क्वायर किलोमिटरमा सात वटा बाघ छन् । पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जभित्र पाइन्छन् । यस्तै जलचरहरू ः घडियाल गोही, मगर गोही, सोंस र विभिन्न प्रजातीका माछाहरु निकुञ्जमा रहेकाछन् । यहाँ चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चरा रहेका अभिलेख छ ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र थुप्रै पर्यटकीय गन्तव्यहरु छन् । सुन्दर बबई उपत्यका देशकै अनुपम पर्यटकीय गन्तव्य हो । कर्णाली नदी र त्यसको शाखा खौराहा खोला ¥याफ्टिङका लागि उपयुक्त मानिन्छ । यहीँभित्र नेपालकै लामो गेरुवा (कर्णाली) पुल तथा एसियामै उत्कृष्ट कर्णाली पुल पर्दछन्,जो पर्यटकको आकर्षणको केन्द्रविन्दु हो । यस्का अलवा सत्खलुवाताल, बढैयाताल, ताराताल, भगरताल यहीभित्र पर्दछन् । यी ताल रैथाने र आगन्तुक चराका बासस्थान मानिन्छन । यस्का अलवा राजापुरको गणेश मन्दिर, गुलरियाको बंगलामुखी र कोटही मन्दिर, ठाकुरद्वाराको ठाकुरबाबा मन्दिरले धार्मिक पर्यटक बढाएका छन ।
हेपिएको शुक्लाफाँटा

कञ्चनपुरको भिमदत्त नगरपालिकामा अवस्थित छ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज । ०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना भई ०३२ सालमा १५५ वर्ग किमि क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षको रुपमा घोषणा गरिएको हो । ०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमी क्षेत्रफललाई विस्तार ३०५ वर्ग किमी बनाइएको थियो । ०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो । शुक्लाफाँटा समुन्द्री सतहबाट १७४ मिटरदेखि १३८६ मिटरको उचाइमा अवस्थित छ । निकुञ्जलाई विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिंगा पाइने स्थानको रुपमा चिनिन्छ । सूदुरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिने शुक्लाफाँटामा सबैभन्दा ठूलो घासेमैदान रहेको छ । बाहसिंगाको झुण्डले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गर्दछ । खरमयुर र कृष्णसारको पुनस्र्थापना गरिएको नेपालको पहिलो संरक्षित क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्रशष्त पर्यटकीय ठाउँहरु भए पनि प्रचारप्रसार र भौगोलिक विकटताले ओझेलमा परेको छ । पश्चिमी नाका गड्डाचौकी भएर आउने विदेशी पर्यटकहरू यता घुम्न छाडेर पोखरा, काठमाडौं पुग्दछन् । निकुञ्जले दक्षिणी क्षेत्रमा प्रवेशद्वार खोले पनि प्रभावकारी भने देखिएको छैन । निकुञ्जभित्र रहेका प्राकृतिक तालहरू पनि सुक्दै गएका छन् । छेउछाउमा होटल छैनन्, पूर्वाधार र प्रचारप्रसारको कमीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन फस्टाउन सकेको छैन । पर्यटन उद्योग विस्तारका लागि यहाँका पर्यटन व्यवसायीहरूले निश्चित प्याकेज बनाउनु पर्ने छ ।
शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असारसम्म हो । वसन्त ऋतुमा शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फुलले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ । निकुञ्जको पूर्वी सेक्टरमा रहेको हीरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन । पर्यटकका लागि मचानबाट शुक्लाफाँटाको दृश्यावलोकन गराउने व्यवस्था गरिएको छ । शुक्लाफाँटाभित्र रहेको रानी ताल र अन्य स–साना तालमा प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्न पाइन्छ । निकुञ्जको महाकाली नदी छेउ पिपरियामा हात्तीसार बाट हात्ती चढ्ने व्यवस्था छ । आगन्तुकको समय अनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ ।
शुक्लाफाँटा निकुञ्ज भ्रमणको लागि सार्क मुलुकका नागरिकका लागि रु सात सय, विदेशीका लागि एक हजार ५ सय र नेपालीका लागि रु एक सय प्रवेश शुल्क तोकेको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूडिफोरजस्ता पक्षी का अलवा पाटेबाघ, एकसिङ्घे गैंडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल, जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तल, जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी ४ सय २४ भन्दा बढी चराचुरुङ्गी निकुञ्जभित्र पाइन्छन् ।
पर्यटनको अवस्था
पछिल्लो एक दशकमा २५ हजार ६२७ जना पर्यटक आएको देखिन्छ । जसमा सबै भन्दा बढी आ.व. ०७५÷०७६ मा ६ हजार ६९ जना र सबै भन्दा कम ०६९÷०७० मा ४ सय ७१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको देखिन्छ । जसमध्ये २२ हजार ४८३ जना स्वदेशी र ११९७ विदेशी, सार्क मुलुकका ९३३ जना पर्यटक भित्रिएको निकुञ्जसँग अभिलेख रहेको छ । यस्तै निकुञ्ज भित्रनेमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । ०७८÷०७९ मा विदेशी ४५, सार्क देशका ७५, नेपाली १५ सय ७७ गरी जम्मा २७ सय २९ जना पर्यटक निकुञ्ज पुगेका छन् ।
पर्यटकलाई मीठो आतिथ्यतासँगै स्वादिलो भोजन

मधेश प्रदेशको एक मात्र निकुञ्ज हो, पर्सा राष्ट्रिय निकुञ्ज । ०७४ सालमा सरकारले नेपालको १२ औँ निकुञ्जको रूपमा घोषणा गरेको हो । ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर लगायतका धार्मिक स्थल, कामिनी दह, हलखोरिया दह र लौकी दह जस्ता प्राकृतिक तथा मनोरम दहका अलवा पाटे बाघ, रैथाने हात्ती, एकसिङ्गे गैँडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरीगाईलगायतका जनावर अवलोकन गर्न पाइन्छ । सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ । अहिले निकुञ्जभित्र एक सय ६३ गौरीगाई, ४० देखि ५० हात्ती र आठदेखि १० को सङ्ख्यामा एकसिङ्गे गैँडा रहे पनि तथ्याङ्कमा तीन गैँडा मात्रै उल्लेख भएको छ । निकुन्जको जंगलभित्र एक दर्जन भ्यु टावर बनाइएको छ । जंगल सफारीका लागि निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा १ सय ४० पर्यटक निकुञ्जको अवलोकन तथा भ्रमण गरेका छन् । निकुञ्ज प्रवेश गर्ने तीन मार्गमध्ये मुख्यद्वार आधाभारबाट ५५ नेपाली र १२ बाह्य गरी ७७ पर्यटक भित्रिदा गढुवालाइन प्रवेशद्वारबाट १० नेपाली र प्रतापपुरबाट ४२ नेपाली तथा आठ बाह्य गरी ५० पर्यटक निकुञ्ज घुम्न आएको अभिलेख छ । गत आव २०७८÷७९ मा नेपाली र विदेशी गरी सात सय ७७ पर्यटकले निकुञ्जमा अवलोकन भ्रमण गरेका थिए । आव २०७८÷७९ मा सात सय ६९ नेपाली र आठ विदेशी पर्यटक निकुञ्ज भित्रिएका थिए । वनक्षेत्र, प्रशासनिक, दण्ड जरिवाना, पर्यटकलगायतका शीर्षकबाट रु ८८ लाख ४६ हजार छ सय ७९ राजस्व सङ्कलन भएको आँकडा छ । निकुञ्ज घुम्न आउने पाहुनाको स्वागतका लागि मध्यवर्ती क्षेत्रमा सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टेसमेत सञ्चालित छ । भित्रिएका पाहुनालाई मीठो आतिथ्यतासँगै स्वादिलो भोजन र गीतसङ्गीतले मनोरञ्जन प्रदान गर्ने गरेको छ ।
स्वर्गको टुक्रा सगरमाथा

०३२ मा स्थापना सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । यस निकुञ्ज सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अवस्थित छ । निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले चालु आर्थिक बर्षको १० महिनामा १२ करोड हाराहारी राजस्व संकलन गरेको छ । प्रबेश शुल्क, वन पैदावार बिक्री वितरण, दण्ड सजाय जरिवानाबाट १२ करोड ६७ लाख २९ हजार ६४ रुपैयाँ राजस्व सकंलन गरेको हो । निकुञ्जले वन पैदावार बिक्री वितरण मार्फत ३० लाख ७३ हजार ६६ रुपैया, पर्यटक प्रबेश शुल्कबाट ११ करोड ३८ लाख, ७२ हजार ४२४ र दण्ड सजायबाट ३३ लाख ६१ हजार ६८ राजस्व संकलन गरेको हो । सर्वोच्च शिखर सगरमाथा तथा सगरमाथा क्षेत्र अवलोकनका लागि विभिन्न देशका ५२ हजार ६ सय ४४ जना पर्यटक खुम्बु क्षेत्रमा भित्रिए । जसमा ४० हजार ८ सय ३९ विदेशी र ६ हजार ३ सय ८१ स्वदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । भ्रमण गर्ने विदेशी पर्यटक मध्ये ५ हजार ४ सय ९ सार्क मुलुकका र ४० हजार ८ सय ३९ अन्य मुलुकका रहेको छ । निकुञ्जले तेश्रो मुलुकका विदेशी पर्यटकबाट प्रतिब्यक्ति ३ हजार, सार्क मुलुकका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १ सय रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रबेश शुल्क उठाउँदै आएको छ ।
यस्तै,तेश्रो मुलुकको विदेशी पर्यटकबाट प्रतिक्याम्प १ हजार ५ सय, सार्क मुलुकका पर्यटकबाट १ हजार र नेपाली पर्यटकबाट ८ सय रुपैयाँ क्याम्प शुल्क असुल्छ । हेलिकप्टर उडान तथा अवतरणबाट प्रतिपटक ३ हजार रुपैयाँका दरले अवतरण शुल्क लिँदै आएको छ ।
शिवपुरीको आफ्नै सान

सन् १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भइ सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो । सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको घोषणा भयो । सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञ्जमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण भएको हो शिवपुरी राष्ट्रिय निकुञ्ज । जहाँ १ हजार १०० भन्दा बढी बिरुवामा फूल फुल्दछन्, १२४ प्रजातिका पुतलीहरू फर्फराउँछन् । लगभग ३२० प्रजातिका चराचुरुङ्गीहरू चिरबिराउँछन्, बाँदरदेखि बँदेल र सालकदेखि ध्वाँसे चितुवासम्मका ३० प्रजातिका स्तनधारी पशुहरू बच्चालाई स्तनपान गराउँदछन । शिवपुरी बाबा होउन् वा टोड्के बाबा, वा यहाँका गुम्बामा दत्तचित्त आनीहरू वा विपश्यनामा विलीन ध्यानीहरू सबैले यस क्षेत्रमा शान्ति अनुभूत गर्न पाउँछन् । निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरुको वसोबास रहेको छ । जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् । यस निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यस्तै,शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बागद्वार, कागेश्वरी, मणिचूड, तारकेश्वर, सुन्दरीमाई, विष्णुपादुका, नागीगुम्बा, पचलीभैरव शान्तिगुफा, नागदेवता, जामाचो गुम्वा गणेश मन्दिर आदि यहाँका प्रसिद्ध धार्मिक सम्पदामा पर्दछन् । काठमाण्डौंवाट सबैभन्दा छोटो दुरीमा रहेको राष्ट्रिय निकुञ्ज हो । काठमाण्डौ उपत्यकाको प्रसिद्ध नदीहरू वागमती र विष्णुमतीको उद्गमस्थल पनि हो । चिसापानी क्षेत्रबाट हिम श्रृङ्कखलाको दृश्यावलोकन बिन्दु हो यो निकुञ्ज । काठमाण्डौको बासिन्दालाई पिउने पानी उपलब्ध गराउने जलाधार क्षेत्र हो । संरक्षण शिक्षा, अध्यन अनुसन्धान एवं पर्या–पर्यटन प्रर्वद्धन लागि प्रचुर सम्भावना रहेको क्षेत्र हो । चालु आर्थिक बर्षको पछिल्लो दश महिनामा २ लाख ६१ हजार ८ सय १२ जना स्वदेशी, सार्क देशका पर्यटकमा १ हजार १ सय १५ जना, सार्क बाहेक अन्य देशका विदेशी ७ हजार २ सय ६१ जना गरी कुल जम्मा २ लाख ७० हजार १ सय ८८ जना आएका छन् । यो अवधिमा रु.४ करोड ८१ लख ९५ हजार ४ यस २८ रुपैँया संकलन गर्न सफल भएको छ ।
पर्यटन र राजश्वमा लाङटाङ राष्ट्रिय निकुञ्जको योगदान

रसुवा जिल्लालाई नेपालकै तेश्रो पर्यटकीय गन्तव्य मानिन्छ । भूकम्प,कोभिड पछि थिलथिलो भएको पर्यटन क्षेत्रले बिस्तारै लय समात्दै छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै स्वभाविकै हो,राजश्व पनि बढी उठ्न थालेको । पछिल्लो समयमा लारानिले ३ करोड १७ लाख १५ हजार ७ सय ११ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुन्जका अनुसार हाल दैनिक दुई सयभन्दा बढी पर्यटक आइरहेका छन् । जसमा फ्रान्स, जर्मन, स्पेन, रसिया, डेनमार्क, अमेरिकालगायतका मुलुकमा पर्यटकहरु रहेका छन । लारानिका अनुसार,२०७५÷ ०७६ मा १७ हजार ६ सय ९१ पर्यटक भित्रदा ५ करोड ७२ लाख ९८ हजार ४ सय ३७ रुपैयाँ राजस्व संकलन भएकोमा ०७६÷०७७ मा २० हजार १ सय ५९ पर्यटकबाट ३ करोड १९ लाख ४८ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै ०७७÷०७८ मा ४ हजार ६ सय ४९ पर्यटक रसुवा भित्रदा ६० लाख ३० हजार ६ सय ६७ रुपैयाँ राजस्वमात्र संकलन गर्न सकेकोमा गत आर्थिक बर्षमा १७ हजार ६ सय ८८ जना आएका छन् भने पर्यटकबाट १ करोड ७५ लाख २३ हजार ६ सय १४ रुपैयाँ राजस्व संकलन गरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्जमा साउन देखि जेष्ठ मसान्त सम्ममा नेपाली १९ हजार १ सय २३, सार्क मुलुकबाट ३ सय ८६ र अन्य मुलुकबाट ७ हजार ७ सय १० जना गरी २७ हजार २ सय १९ जना आएका छन् । त्यस्तै राजश्वमा यो बर्ष अगिल्लो बर्षको तुलनामा २ गुणा राजश्व संकलन गरेको छ । अगिल्लो बर्ष १७ हजार ६ सय ८८ जना आएका थिए भने यो बर्ष २७ हजार २ सय १९ जना आएका छन् त्यस्तै अगिल्लो बर्ष पर्यटकबाट १ करोड ७५ लाख २३ हजार ६ सय १४ रुपैयाँ राजस्व संकलन गरेको थियो भने यो बर्ष ३ करोड १७ लाख १५ हजार ७ सय ११ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा वन पैदारी बिक्रीबाट १४ लाख १५ हजार ९ सय ७५ रुपौंया, काठ दाउरा बिक्री बापत ७ लाख ३९ हजार ७४ रुपौंया, गैर काठ वन पैदारी बिक्री बापत ६ लाख ७६ हजार ९ सय रुपौंया, पर्याटनबाट २ करोड ६३ लाख ४ हजार ८ सय ९७ रुपैंया, दण्ड सजायबाट १ लाख ५५ हजार ४ सय ५७ रुपैंया र अन्य शिर्षकबाट ३८ लाख ३९ हजार ३ सय ८२ रुपैंया राजश्व संकलन गरेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज र सम्भवना
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र एक हजारभन्दा बढी प्रजातिका वनस्पतिहरु पाइन्छ । यस्का अलवा दूर्लभ रेड पाण्डा पनि यहीँ भेट्न सकिन्छ । स्तनधारी ४६, पंछी ३८०, सरिसृप ११, माछा ४०, माकुरा १०, पुतली ५८, २१ प्रकारका रैथाने वन्यजन्तु तथा वनस्पती पाइन्छ । लाङटाङ उपत्यका, क्यान्जिङ उपत्यका, गोसाईकुण्ड र यसका ताल श्रृंखला, दोर्जे लाक्पा पास, जुगल हिमाल बेसक्याम्प, मेलम्चीघ्याङ, हेलम्बु, तार्केघ्याङ, ह्योल्मो आमायाङ्ग्री, शेर्माथाङ, घ्याङफेदी, पाँच पोखरी, दुप्चेश्वरी आदि निकुञ्जभित्रका प्रमुख पर्यटकीय आकर्षणका गन्तव्यहरु हुन् । निकुञ्जले सार्क मुलुकका पर्यटकबाट एक हजार पाँच सय, विदेशी पर्यटकबाट तीन हजार र स्वदेशी पर्यटकबाट सय रुपैयाँ शुल्क लिने गरिएको छ । लाङटाङ क्षेत्र घुम्न आउने सार्क मुलुकलगायत अन्य देशका पर्यटकमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत राष्ट्रका छन् । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले पनि लाङटाङ क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटकका लागि घुम्न रसुवामा तीनवटा पदमार्ग रहेको छ । धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेँसी हुँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, वृदिम हुँदै स्याफ्रुबेँसीसम्मको पदमार्ग रहेको छ । नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । भूकम्पपछि असामान्य भएको स्थानीयवासीको दैनिकी पनि अहिले पुरानो अवस्थामा फर्किएसँगै पर्यटनको प्रवद्र्धनमा केन्द्रित हुँदै गएको छ । भूकम्पअघि वार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा अहिले पर्यटकहरूको आवागमन बढ्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्ने गरेका छन् ।