साक्षीले बयान फेरेपछि अख्तियारको फन्दामा
काठमाडौं। भ्रष्टाचार आरोपमा साक्षी बसेकाले बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।
Advertisement 1
भ्रष्टाचार आरोपमा साक्षीका रुपमा पेश गरिएका २ जनाले अदालतमा बयान फेरेपछि दुवै जनाविरुद्ध आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
आयोगले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो। यसअघि उनीहरुलाई आयोगले रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रुपमा पेश गरेको थियो।
Advertisement 2
आयोगले गत वैशाख २० गते पोखरा महानगरपालिकाका दुई इञ्जिनियरसहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित :२०८१ श्रावण १८, शुक्रबार १६:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%