खरिदारको नतिजा सार्वजनिक, ४० जना छनोट

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय,प्रशासन, लेखा समूह खरिदार वा सो सरह राजपत्र अनंकित द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या २३ जनामा लिखित परीक्षामा संमिलित संख्या ७ सय १३ जनामा ४० जना छनोट भएका छन् ।
Advertisement 1
उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।
									
										प्रकाशित  :२०८० असार १७, आईतवार ११:००																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

