सबै क्षेत्रका उद्योगी र व्यवसायीहरूको हकहितका लागि मेरो उम्मेदवारीः सुवेदी
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा वस्तुगर्त तर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारी दिएका पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन, ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष समेत रहेका खुम बहादुर सुवेदीले व्यक्तिलाई समस्या पर्नु भनेको राष्ट्रलाई समस्या पर्नु हो भन्ने भनाई राख्ने गरेका छन् ।
Advertisement 1
उनले आसन्न हुन लागेको नेपाल उद्योग बाणिज्य महासंघको ५७ औ साधराणसभा र निर्वाचनका सार्वजनिका कार्यक्रमहरुमा व्यवासयी घेटघाटमा उक्त कुरा राख्ने गरका छन् । ‘यस्त समस्या आउन नदिन म निर्वाचित भएर आएपछि व्यवसायी र सरकारसँग गर्नुपर्ने सहकार्य कार्यसमितिमा मेरो अनुभवलाई राखेर व्यवासायीलाई पर्न जाने समस्या त्सस समस्या के को कारणहरुले आए भन्ने बिषयमा उठान गरी भरपर्दो काम गर्ने मेरो योजना योजना छ’ उनले भने ।
वस्तुगर्त तर्फको केन्द्रीय सदस्य पदको उम्मेदवार सुवेदीले एउटा व्यवसाहीलाई समस्या पर्नु भनेको राज्यलाई समस्या परेको बताउछन् । उनले भने, ‘राज्यले एउटा व्यक्तिलाई समस्या परेका छ भन्ने होइन कि त्यसको समस्याको कारण के हो त्यो बुझनु पर्छ । एउटा व्यक्तिलाई समस्या पर्नु भनेको नै राज्यलाई समस्या पर्नु हो । त्यसैले सरकारले यस्को सही तरीकाले व्यव्स्थापन गनुपर्छ ।’ सुवेदीले व्यवसाय नीति नियममा हुनु पर्ने र सरकार पनि सहि मार्गमा भए अर्थतन्त्र सुधिने देखिएको उल्लेख गरे । उनले समयको खयाल गर्न पनि सक्नु पर्ने पनि बताउँछन् ।
Advertisement 2
उनले थपेका छन् ‘टानमा मैले दुई वर्षभन्दा बढी नेतृत्व गरेँ । मैले आफ्नो व्यवसायलाई छोडेरै टानलाई समय दिएको थिएँ । महासंघमा पनि पुरा समय दिएर काम गर्ने छु । पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायीहरूको साथ–समर्थन रहेको र व्यावसायिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आफूले पु¥याउँदै आएको योगदानलाई मूल्याङ्कन गर्दै आफूलाई महासंघको सदस्यमा व्यवसायी साथीहरुले निर्वाचित गराउने विश्वास लागेको पनि बताएका छन् ।”
को हुन अध्यक्ष खुम बहादुर सुवेदीरु
२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि. ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक हुन्। टानको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरि सकेका उनी व्यवसायीमात्रै होइन नियात्राकारसमेत हुन्।
Advertisement 3
‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट सम्मानि उनको जन्म धादिङ, ज्वालामुखीमा भएको हो। सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। उनी सामाजिक सेवामा कृयाशिल ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्षसमेत हुन्।