कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा शुरू हुन्छ :- मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नो कार्यकालमा प्रारम्भ हुने बताएका छन् ।
मन्त्री मोदीले आफ्नो ध्यान नै कर्मचारीको व्यवस्थित सरुवा प्रणाली स्थापित गर्नेमा केन्द्रित रहेको जनाएका हुन । उनले सफ्टवेयरसमेत राखेर कर्मचारीको सरुवा गर्ने र सरुवाको विषयमा शक्तिकेन्द्र धाउने प्रथाको अन्त्य गर्ने दाबी गरे ।
Advertisement 1
मन्त्री मोदीले आफू सामान्य प्रशासन मन्त्री भएर आइसकेपछि ९० जनालाई स्थानीय तहमा खटाइएको उल्लेख गरे । आफू आउँदा २ सयबढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेको उल्लेख गरे ।
मन्त्री मोदीले सुशासन र भष्ट्राचारमुक्त प्रशासन बनाउने आफ्नो उद्देश्य रहेको समेत प्रस्ट पारे । उनले दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादन सम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको जनाए । मन्त्रालयको पुनःसंरचना गरी कर्मचारी प्रशासनलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने योजनालाई पनि प्राथमिकतामा राखिएको कार्यक्रममा जानकारी गराइएको थियो ।