झा हुलाकी राजमार्गमा, डेढ दशकमा प्रगति ८३ प्रतिशत

हुलाकी राजमार्ग आयोजना आयोजना निर्देशक छन् ई. धमेन्द्रकुमार झा । उनै झासँग हामीले हुलाकी राजर्मागको कार्य, के कस्ता काम भइरहेको छ, सोचेजस्तो किन काममा तीव्रता हुन सकेन, काम गर्ने क्रममा देखिएका समस्याहरू आदिको सेरोफेरोमा इकर्मचारीका प्रतिनिधिले गरेका कुराकानीको अंशः

Advertisement 1

हुलाकी राजमार्गमा तपाइले नेतृत्व गरेपछि के कस्ता सुधारका कामहरु भएका छन् ?
निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । तराई मधेस क्षेत्रको समृद्धिको आधारका रूपमा रहेको सो राजमार्गमा हालसम्म नौ सय १० किमी सडक र एक सय १५ पुल निर्माण सम्पन्न भएका छन् । केही वर्षयता कोभिड, बन्दाबन्दीले गर्दा निर्माणमा ढिलाइ भइरहेको हो । पहिले निर्माणस्थलका कारण निर्माणमा अवरोध पुगेको थियो, जुन अझै समाधान भइसकेको छैन । झण्डै दुई सय ५० किमी ठेक्का लगाउन बाँकी रहेको र पाँच सय किमी निर्माणाधीन रहेको छ । दाङ, बर्दिया र कपिलवस्तु गरी झण्डै ९० किमी ठेक्का लगाउन बाँकी रहेको छ । कतिपय ठेक्कामा निर्माण कम्पनीले काम नगरेको भए पनि विनियमावलीको व्यवस्थाका कारण विगतमा अवधि थप भइरहेको छ। विगतमा कानुनका कारण काम नगर्दा पनि अवधि थप हुने व्यवस्था भएपछि अहिले काम नहुँदा जरिवाना गराउन सकिने छ । थपिएको अवधिमा यो समयसम्ममा यति गरिसक्नु पर्छ भनी तालिका बनाइएको र त्यसअनुसार नहुँदा कारबाही हुने छ । चालु आवमा २७ पुल र एक सय ६० किमी सडक कालोपत्रको लक्ष्य रहेको छ । पछिल्लोपटक थपिएको अवधि आव २०७९/८० सम्म रहेको छ । कोभिडका कारण अरु धेरै विकास आयोजनाजस्तै यो आयोजनालाई असर गरेको छ । आयोजनामा खासगरी वन क्षेत्र र संरक्षण क्षेत्रमा निर्माणका लागि स्वीकृति नहुँदा निर्माण हुन नसकेको हो । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलेको रेखाङ्कनअनुसार निर्माण गर्न नसकिएपछि त्यसको विकल्पका रूपमा पूर्व–पश्चिम राजमार्गको प्रयोग गर्ने गरी योजना बनाइएको छ । यो आवमा ५० पुल र ९० किमी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने छ । योजना कार्यालय जनकपुर, वीरगञ्ज, कपिलवस्तु, नेपालगञ्ज र धनगढीमा रहेका छन् भने डिभिजन कार्यालय भरतपुरले समेत चितवन खण्डमा निर्माण गरिरहेको छ । इटहरी योजना कार्यालयअन्तर्गत तीन सय ३६ किमी सडकमध्ये जम्मा एक सय ९१ किमी कालोपत्र सम्पन्न भएको छ । जनकपुर योजना कार्यालयले दुई सय ८९ किमीमध्ये एक सय ६७ किमी, वीरगञ्ज योजनाले दुई सय तीन किमीमध्ये एक सय ८३ किमी सम्पन्न गरेको छ । कपिलवस्तुस्थित योजना कार्यालयले जम्मा एक सय २६ किमीमध्ये ५२ किमी, नेपालगञ्जले दुई सय ८४ किमीमध्ये एक सय १९ किमी र धनगढीले एक सय ५७ किमीमध्ये ५५ किमी सम्पन्न गरेको छ । डिभिजन सडक कार्यालय भरतपुरले ४१ भरतपुर माडी सडक २० किमी सम्पन्न गरेको छ । चालु आवमा लक्ष्यअनुसारको सडक र पुल निर्माण गरेर आगामी आवमा एक सय ५३ किमी सडक र ६० पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने छ । निर्माणमा जान बाँकी खण्डमध्ये गाईघाट बनियानी खण्डमा ३५ सडक निर्माणका लागि र ३० किमीको चिराइनाका–कल्याणकोट–गोबरडिहा–गढावा–राजपुर–ठोकुवा सडकखण्डमा प्रारम्भिक वातावरणीय मूल्याङ्कन (इआइए) भइरहेको छ । तीस किमी अमुवा–माढी–रिउखोला सडकको केही खण्ड र चितवन नवलपुरको जगतपुर–बहुवन सडकखण्ड ३८ किमी निकुञ्ज क्षेत्रमा तथा नवलपरासीको महेन्द्र राजमार्गबाट दुम्कीबास त्रिवेणी सडकखण्ड २० किमी जङ्गली क्षेत्रमा रहेको छ । आयोजनाअन्तर्गत हाल १६ वटा निषेधाज्ञा मुद्दा रहेका छन् । सडक सीमासम्बन्धी विवादका कारणले गर्दा निर्माणस्थल खाली गराउन समस्या भइरहेको छ । बिजुली र टेलिफोनका खम्बा स्थानान्तरणमा कठिनाइ भइरहेको छ ।

Advertisement 2

हुलाकी राजमार्गमा बजेटको अवस्था कस्तो छ ?
हुलाकी राजमार्गमा काम गर्नको लागि बजेटको कुनै समस्या छैन् । बजेट राम्रो छ । सरकार, मन्त्रालय र विभागले राम्रो बजेट विनियोजन गरेको छ । आयोजनाको कुल बजेट ६५ अर्ब २० करोड रहेकामा हालसम्म ५४ अर्ब ७५ करोड खर्च भएको छ । बजेटमा रु आठ अर्बको भारतीय सहयोग रहेको छ भने बाँकी ५६ अर्ब २० करोड नेपाल सरकाररआइएमएफको रहेको छ । सो आयोजनाले आव २०६५/६६ मा निर्माण सुरु गरेर आव २०७४र७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पु¥याइएको थियो । राणाकालमा चिठ्ठी आदान–प्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामकरण गरिएको थियो । उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने उल्लेख थियो । पछि विभिन्न कारणले त्यो ‘मोडालिटी’मा काम हुन सकेन । आव २०७३र७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर हुलाकीको पूर्व–पश्चिम सडकसँगसँगै ‘फिडर रोड’ अघि बढाइएको थियो । पूर्व–पश्चिम र उत्तर–दक्षिणका राजमार्ग गरी जम्मा लम्बाइ एक हजार आठ सय ५७ किमी र जम्मा पुल सङ्ख्या दुई सय ५० रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । पूर्व–पश्चिम सडक नौ सय ४५, उत्तर–दक्षिण नौ सय १२ किमी रहेको छ । आयोजनामा हालसम्म वित्तीय प्रगति जम्मा ८३ दशमलव ९८ प्रतिशत रहेको छ । जम्मा तीन सय सात किमी सडक निर्माणका लागि भारतीय सरकार अनुदानका रूपमा रु आठ खर्ब सहयोग गरेको छ ।

जनशक्तीको अवस्था कस्तो छ ?
जनशक्ती पनि हाम्रो राम्रो छ । अन्य सरकारी निकायमा जस्तो कर्मचारीहरुको अभाव हाम्रो हुलाकी राजमार्गमा छैन् ।

Advertisement 3

सडक विभाग मातहतमा रहेको हुलाकी राजमार्ग भनेको के हो, यसले के कस्ता काम गर्दछ बताइदिनुहोस न ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको समानान्तर करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो । राणा प्रधानमन्त्री भएका बेला हुलाकीहरुलाई चिठ्ठी आदानप्रदान गर्न सहज हुने अभिप्रालये शुरु गरेकोले यस राजमार्गको नाम हुलाकी राजमार्ग रहन गएको हो । यो तराई मधेशका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । धेरैलाई हुलाकी राजमार्ग पूर्व पश्चिम मात्र फैलिएको भन्ने छ तर महेन्द्र राजमार्गबाट तराईका सदरमुकाम, पुराना शहर र बजार केन्द्रहरु जोडने ३२ वटा उत्तर दक्षिण सहायक मार्गहरुलाई पनि हुलाकी राजमार्ग भनिन्छ । यो राजमार्ग पूर्वबाट पश्चिमतर्फ लगातार नभएर सुनसरीको लौकी देखी सप्तरीको भारदह, चितवको भरतपुर देखि नवलपरासीको दुम्कीबास, कपिलवस्तुको खरिन्दापुरदेखी दाङको भालुवाङका साथै दाङ, बाँके र बर्दियाका केहि जंगल/निकुन्ज क्षेत्रहरुमा महेन्द्र राजमार्गसंग ओभरल्याप भएको छ । धनुषाको जनकपुरबाट यदुकुवा जोडने १७ किमी सडक त पूर्व पश्चिम हुलाकी राजमार्गकै समानान्तर समेत रहेको छ । पूर्व–पश्चिम र उत्तर दक्षिण सहायक मार्ग गरेर हुलाकी राजमार्गको कुल लम्वाई १७९२.४२ किमि रहेको छ । हुलाकी राजमार्गको निर्माणले करिब ८० लाख तराईवासीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन । हुलाकी राजमार्ग सम्बन्धी विस्तृत चर्चा तलको खण्डमा गरिएको छ ।

हुलाकी राजमार्ग निर्माणका क्रममा के कस्ता चुनौतीहरु देख्नु वा भोग्नु भयो ?
हुलाकी राजमार्गको सबैभन्दा ठूलो चुनौती भनेको पछिल्लो पटक तोकिएको म्यादभित्र निर्माण सम्पन्न गर्नु नै हो । मुलुककै सबैभन्दा जेठो यस राजमार्गले राणा शासनदेखि गणतन्त्रसम्म आईपुग्दा विभिन्न कालखण्ड पार गर्दै करिब ७५ वर्ष पार गरिसकेको छ भने यति लामो समयसम्म समेत यस्तो रणनैतिक र दिर्घकालिन महत्व राख्ने र सम्पूर्ण तराई मधेशकै कायापलट गर्न सक्ने सडक आयोजना सम्पन्न हुन नसक्नु भनेको तराईवासीको मात्र नभएर सम्पूर्ण देशकै लागि ठूलो विडम्वना हो । हुलाकी राजमार्गलाई तराईका सिमावर्ती पुराना जिल्ला सदरमुकाम, नगरपालिका, बजार केन्द्रहरु र ग्रामीण वस्तीहरुलाई जोडदै पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म विनाअवरोध चल्न सक्ने तराई मधेशको वैकल्पिक राजमार्ग र लाईफलाईन रुपमा हेरिए पनि कहि स्थानहरुमा यो राजमार्ग टुक्रिने संभावना रहेको देखिन्छ । चितवन निकुन्जको अमुवा पोष्टदेखी रिउ खोलासम्मको सेक्सनमा डिटेल सर्भे गर्ने अनुमति हालसम्म प्राप्त हुन सकेको छैन । वातावरण र वन्यजन्तु संरक्षणकर्मी/विद्वहरु समेत यसको खिलाफमा रहेकोले पनि हुलाकी राजमार्ग चितवन लगायत दाङ र बाँके बर्दियामा पर्ने निकुन्ज र वन क्षेत्रहरुमा टुक्रिन सक्ने प्रवल संभावना रहेको छ । यी क्षेत्रहरुमा खासै वस्तीहरु समेत नभएकोले यसको विकल्पमा हुलाकी राजमार्गका उत्तर दक्षिण सहायक राजमार्ग हुँदै पुनः पुरानै पूर्व पश्चिम राजमार्गमा निस्केर यात्रा गर्नुपर्ने हुनसक्छ । नेपाल र भारतका दुई देशीय सम्झौताको झमेला, राजनैतिक खिचातानी, ठेकेदारहरुको लापारवाही र ढिलासुस्ती, मापलोत तथा नापी कार्यालयहरुबाट सहयोग प्राप्त नहुदा मुआव्जा वितरणमा हुने ढिलाई, बेला बेलामा हुने निर्माण सामाग्रीको अभाव, राजनैतिक बन्द हडताल, नाकाबन्दी तथा अन्य प्रशासनिक कमजोरी समेतले हुलाकी राजमार्ग समयमै सम्पन्न गर्न चुनौतीहरु खडा भएका छन् ।

अब सडकको कुरा गरौँ, सडक निर्माण भएलगत्तै भत्कन सुरु हुन्छ, गुणस्तरमा ध्यान नदिँदा यस्तो भएको हो ?
वर्षभरिमा पिच टाल्नका लागि हामीले सीमित बजेट आएको हुन्छ । यस आर्थिक वर्षभरि सडक टाल्ने बजेट हामीले ‘बिमिस्टेक’ सम्मेलनको क्रममा नै सकिसक्यौँ । अब बजेट छैन । खानेपानी ढललगायत निकायले खन्दै जाने हामी टाल्दै जाने हो भने त्यो बजेटले भ्याउँदैन । त्यसकारण यो टाल्ने जिम्मा कि उहाँहरूले लिनुप¥यो या खन्नुभन्दा अघि धरौटी राख्नुप¥यो । सडकलाई राम्रो अवस्थामा राख्नका लागि पुराना पाइपहरू नै बाधक हुन् । त्यस्तै, एउटा बिग्रियो भन्दैमा सबैलाई पनि खोट लगाउन मिल्दैन । निर्माण गर्दा डण्डी, छड तथा अन्य कुराहरू कस्तो प्रयोग गरिएको छ त्यसमा भर पर्छ यस्तै कारणले गर्दा कहिँकतै प्रश्न उठेका हुन् ।

हुलाकी राजमार्ग प्रति आम तराईवासीको के कस्तो धारणा रहेको छ ?
वर्षौँदेखि तराईका जनताले केन्द्र सत्ताले आफुहरुलाई विकास निर्माणमा पछी पारेको, हेपेको र तराई मधेशको विकास प्रति राज्य उदासिन र गैरजिम्मेवार रहेको आरोप लगाउदै आएका थिए । महेन्द्र राजमार्गको निर्माणले उनीहरुले पालेको यो सोंचलाई अझ बढि दृढ बनायो र राज्यप्रति असन्तुष्टिलाई समेत मलजल गर्ने काम ग¥यो । तर हुलाकी राजमार्गको पक्की सडक आफ्नो घरआगँन र टोलसम्म आईपुग्न थालेपछी राज्य र केन्द्र सत्ता प्रति तराईका जनताहरुको सोंचमा क्रमश परिवर्तन आउन थालेको छ । हुलाकी सडकको पहुँचसँगै दैनिक जनजिवीकामा परेको सकारात्मम प्रभावले राज्यप्रतिको अपनत्व बोध समेत देखिन थालेको छ । हुलाकी राजमार्गको निर्माणमा तराईका राजनैतिक व्यक्तित्व, समाजसेवी, पत्रकार र बुद्धिजीविहरुले विभिन्न लेखहरु मार्तफ हुलाकी राजमार्गको निर्माणमा निरन्तर खबरदारी गरिरहेका छन । नागरिक स्तरबाट समेत हुलाकी राजमार्ग संघर्ष समिति र विभिन्न कार्यक्रमहरु मार्फत राज्यलाई झकझक्याउने काम भैहरेको छ । हुलाकी राजमार्गले तराईवासीमा ल्याएको यो सकारात्मक सोंच र उर्जा एउटा सुखद परिणाम हो जसले प्रभाव क्षेत्रिय राजनीति र तराईको सामाजिक आर्थिक विकासमा चिरकालसम्म रहिरहने छ ।ढिला भएपनि हुलाकी राजमार्गको निर्माणले गति लिएको छ । निर्माण सम्पन्न भएका खण्डहरुमा यसको सामाजिक आर्थिक प्रभाव देखा पर्न थालिसकेको छ । महेन्द्र राजमार्गको निर्माण पश्चात सुनसान भएका सिमावर्ती तराईका बजार र शहरहरुमा आर्थिक चहलपहल शुरु भएको छ भने स्थानीय जिवनस्तरमा समेत स्तरोउन्नती भएको छ । केहि वर्ष अगाडीसम्म लामो धुले र ग्राभेल सडक हिडेर जानुपर्ने ठाउहरु अब पक्की सडकले जोडिएका छन । हुलाकी राजमार्गको अभावले एक जिल्लाबाट अर्को जिल्ला जाँदा या आफ्नै जिल्लाको सदरमुकाम र मुख्य शहर/बजार जानुपर्दा महेन्द्र राजमार्ग भएर लामो र घुमाउरो बाटो तय गर्नुपर्ने झंजटबाट तराईवासीहरु क्रमश मुक्त हुन थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएका कृषि उपजहरुले सहज रुपमा बजारसम्म पहुँच पाउन थालेका छन् । सडक र यातायातको सहज पहुँच नहुँदा भारतीय सीमा नजिक पर्ने हुलाकी राजमार्गको दक्षिणी भेगका किसानहरु आफ्नो उत्पादन बेच्नबाट वन्चित थिए । नजिकैको हाटबजार भारतमा पर्ने भएकाले कडा सुरक्षा निगरानीका कारण दूध, दही, घिउलगायत कृषिका अन्य उत्पादन ती हाटबजारमा बेच्न लान निक्कै झन्झट व्यहोर्नु अवस्था थियो । तर हुलाकी राजमार्गको निर्माणसंगै अब ग्रामीण भेगका किसानहरुको तराईका बजार केन्द्र र ठूला शहरहरुसम्म सहज पहुँच स्थापित हुन थालेको छ । राजमार्गको पहुँचसगै हुलाकी कोरिडोरका ग्रामीण भेगमा घरेलु तथा साना उद्योगहरुको संख्या क्रमश बढन थालेको छ । स्वास्थ्य र शिक्षा जस्ता सेवाहरुमा ग्रामीण भेगका वासीन्दाहरुको सहज पहुँच स्थापित हुँदै गैरहेको अवस्था छ । तराई मधेशका ५५५ खेतियोग्य उर्वर भूमी, वनजंगल, ऐतिहासिक साँस्कृतिक धरोधरहरुका साथै ६० प्रतिशत भन्दा बढी उद्योग कलकारखानाहरु हुलाकी राजमार्ग कोरिडोर मै रहकोले यसको निर्माणले तराई मधेशको मात्र नभएर समग्र देशकै आर्थिक उन्नती र समृद्धिमा महत्वपूर्ण योगदान पुग्नेछ ।

प्रकाशित :२०७९ माघ १९, बिहीबार १६:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry