कांग्रेस सभापति थापा पोखरामा

गण्डकी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन्। सभापति थापालाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गनेका थिए।
Advertisement 1
नेपाली कांग्रेसको विशेष महाधिवशेनबाट पार्टीको सभापतिमा निर्वाचित बनेपछि उनी पहिलोपटक पोखरा आएका ह। प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गरेका अवस्थामा आउनुभएका सभापति थापाले नेपाली कांग्रेस कास्कीको कार्यालयमा कार्यकर्ता भेटघाट एवम् उनको प्रमुख आतिथ्यतामा नेपाली प्रदेश समितिको बैठक बस्ने प्रदेश प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए।
बैठकमा गण्डकी प्रदेशभित्रका पार्टीका तर्फबाट उम्मेदवार एवम् पार्टीका केन्द्रीय सदस्य सहभागी बन्ने उनले बताए। बैठकमा सभापति थापाले विशेष सम्बोधनसँगै निर्देशन दिने कार्यक्रमसमेत तय भएको उनले बताए। निर्वाचनलाई लक्षित गरी राजनीतिक दलका शीर्षनेता पोखरा आउनेक्रम सुरु भएको छ।














