अध्यक्ष ओलीद्वारा बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

Advertisement 1

अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत बझाङबाट बैतडीमा जन्ती गएर दुलही लिएर फर्किंदै गर्दा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको दुःखद खबरले मर्माहत भएको बताएका छन्।

उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन्। अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। हिजो बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनामा १३ जनाको निधन भएको थियो।

प्रकाशित :२०८२ माघ २३, शुक्रबार १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम