सार्वजनिक सेवामा महिलाका सवालहरु

जीवनमा पेशागत जीवन जीउनुका पनि बहुल पाटाहरु छन् । कसैको जीवन वाहिरबाट हेर्दा जति सुन्दर र सहज देखिन्छ, यथार्थतामा त्यस्तो नहुन सक्छ । अक्सर विविध विषयहरु टाढाबाट हेर्दा जति राम्रा देखिन्छन् नजिकबाट त्यति राम्रा नहुन पनि सक्छन् । पेशागत जीवनका सवालमा पनि विविधता पाइन्छ । नेपालमा सरकारी सेवाका पनि आफ्नै मौलिक विशेषताहरु छन् र विशिष्टताहरु छन् । बहुसंख्यक युवाहरुको आकर्षण रहेको सरकारी सेवाको एउटा छुट्टै सामाजिक प्रतिष्ठा र इज्जत छ । निष्पक्ष प्रतियोगात्मक प्रतिस्पर्धाबाट छानिएर आएका अब्बल मानिसहरुको बौद्धिक जमातको रुपमा लिइने निजामती सेवाको आफ्नै विशेषता छ, सम्मान छ र आकर्षण छ । पढेलेखेका जोसुकैलाई पनि निजामती सेवाको जागिर खाने रहर अवश्य नै हुन्छ । त्यही रहर र सपना बोकेर हिँड्दा हिँड्दै सरकारी सेवाको दौडमा काविल भइ सरकारी जागिरेको रुपमा जीवन ब्यतित गरिरहेका धेरै मानिसहरु छन् ।

Advertisement 1

देशमा आएको राजनीतिक परिवर्तनसँगै सार्वजनिक सेवा पनि समावेशी बन्यो । समावेशिताले सरकारी सेवामा विविधता देखिन थाल्यो र फरक क्षेत्र, वर्ग, र लिङ्ग समुदायका अनुहारहरु पनि देखिन थाले । सरकारी निकायमा देखिएको विविधता र बहुलतासँगै कार्यवातावरण र सेवा प्रवाहमा पनि सहजता र असहजताहरु दुवै देखिन थाले जुन स्वाभाविक नै हो । रुपान्तरणको पेचिलो चरणमा यस्ता सामान्य द्वन्द्व र विरोधाभाषहरु सामान्य नै हुन्छन् । सम्भवतस् यही राज्यको लोकतान्त्रिक र आधुनिक नीतिको कारण हिजोका दिनमा राज्यबाट उपेक्षित र उत्पिडित वर्ग, लिङ्ग, क्षेत्र र समुदायको राज्यका अधिकांश तहमा प्रतिनिधित्व र सहभागिता सम्भव भएको हो । सरकारी सेवामा आएको यस परिवर्तनसँगै हरेक वर्ग, लिङ्ग, क्षेत्र र समुदायका नागरिकले यो देश मेरो पनि हो भन्ने स्वामित्व भाव महशुस गरेका छन् र जुन राज्य तथा राष्ट्र निर्माणको बलियो आधार पनि हो ।

निजामती सेवामा मात्रात्मक रुपमा महिलाको प्रतिनिधित्व भए पनि नीति निर्माण र कार्यान्वयनको महत्त्वपूर्ण भूमिकामा उनीहरुको पहुँच पुग्न सकेको छ रु नीतिगत रुपमा गरिएका जस्तै प्रजनन स्वास्थ्य अधिकार महिला कर्मचारीहरुले प्राप्त गर्ने अवस्था सिर्जना भएको छ ? महिला कर्मचारीका समस्यालाई सम्बोधन गर्ने वा सहजीकरण गर्ने व्यवस्थापकीय दृष्टिकोण विकास भएको छ रु यस्ता यावत् प्रश्नहरु सार्वजनिक सेवा प्रदायकका रुपमा रहँदा स्मरणमा आइरहेका हुन्छन् । सार्वजनिक सेवा प्रदायकका रुपमा रही काम काज गर्दाका अनुभव र वर्तमान व्यवस्थालाई यहाँ प्रस्तुत गर्न खोजिएको छ । निजामती किताबखानाको पछिल्लो तथ्याङ्क हेर्दा ७७/७८ मा
कूल ८८ हजार ५६८ कर्मचारीमध्ये पुरुषको संख्या ६४ हजार ९७० र महिला कर्मचारी २३ हजार ५५८ को प्रतिनिधित्व रहेको देखिन्छ भने सर्वोच्च पद (सचिव) विशिष्ट श्रेणीमा ७१ जना महिलाहरु रहेका छन् । यसरी हेर्दा वर्तमान समयमा महिला कर्मचारीको संङ्ख्या उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

Advertisement 2

यसरी हेर्दा वर्तमान समयमा महिला कर्मचारीको संङ्ख्या उल्लेख्य मात्रामा बृद्धि भएको छ ।  नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३८ को उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ भन्ने व्यवस्था गरी प्रजनन स्वास्थ्य अधिकारलाई महिलाको मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । संविधानका अन्य विविध धाराहरुका व्यवस्थाले समेत प्रजनन स्वास्थ्य अधिकारलाई संरक्षित गरेको छ ।

जस्तैः सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक र अपराध पीडितको हक आदि । यसबाहेक राज्यको नीति धारा ५०(ज) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज सुलभ र समान पहुँच सुनिस्चित गर्ने स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीको संख्यामा अभिवृद्धि गर्ने उल्लेख गरिएको छ । प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विशेष कानुनका रुपमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ जारी भएको छ । संविधान प्रद्धत्त प्रजनन स्वास्थ्य अधिकारलाई संरक्षण संवर्द्धन र परिपूर्ति गर्नका लागि तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय पहुँच योग्य बनाउन सो ऐनमा महत्त्वपूर्ण व्यवस्था गरिएको छ । यस बाहेक सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरुले समेत अन्तराष्ट्रिय अभिसन्धीहरु समेतलाई विचार गरी तोकिएको भन्दा कम गर्न नपाइने गरी न्यूनतम प्रसूति बिदाको अवधि निर्धारण गरी मातृत्व संरक्षण सम्बन्धमा आवश्यक व्यवस्था गर्न सरकारका नाउँमा निर्देशनात्मक आदेश जारी गरेको छ (अधिवक्ता प्रकाशमणी शर्मा समेत विरुद्ध मन्त्री परिषद् सचिवालय समेत २०६०) ।

Advertisement 3

विभिन्न कानुनी व्यवस्थाहरु भए पनि व्यवस्था र आदेशको परिपालना भएको पाइँदैन । जस्तैः हरेक सरकारी कार्यालयमा एक शिशुस्याहार कक्षको व्यवस्था गरिने नीति, महिलामैत्री शौचालयको प्रबन्ध, उचित सरसफाइको व्यवस्था जस्ता विषयले प्राथमिकता पाएको पाइँदैन ।

यत्र नार्यस्तु पुज्यते रमन्त तत्र देवता अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् भन्ने शास्त्रीय मान्यताबाट निर्देशित भएको हाम्रो सनातन वैदिक समाजमा महिलाहरुले सेवा प्रवाहका क्रममा विविध अप्ठ्याराहरुसँग मुकाविला गरिरहेका हुन्छन् ।

महिला कर्मचारीहरुलाई उनीहरुको क्षमता, पद र कार्य जिम्मेवारीको आधारमा व्यवहार नगरी केवल महिलाकै रुपमा बुझेर उनीहरुमाथि गरिने हलुका टिका टिप्पणी तथा व्यवहार गरिने गरिएका केही उदाहरणहरु समेत सुन्न पाइन्छ । महिला कर्मचारीप्रतिको विद्यमान दृष्टिकोण र महिला कर्मचारीमाथि उनीहरुको शरीर, स्वभाव, हिँडाइ, बोलाइ र पारिवारिक पृष्ठभूमि तथा अवस्था आदिका आधारमा गरिने संवेदनहीन र तल्लो स्तरका हलुका टिप्पणीहरुले यस सेवाभित्र रहेका महिला कर्मचारीहरुका क्षमता, धारणा, मूल्य र बौद्धिकतालाई कुनै न कुनै रुपमा कमजोर साबित गर्ने प्रयास गरिएको भान हुन्छ ।

जसले कालान्तरमा गएर राज्यले कल्पना गरेको समावेशी, सृजनशील र समय सुहाउँदो सार्वजनिक सेवाको विकासमा अवरोध सृजना हुने निश्चित छ । सार्वजनिक सेवाको गुणात्मक रुपान्तरणमा समेत यस्तो प्रवृत्तिले प्रत्यक्ष असर पुर्याउनेमा कुनै संका छैन । यति भनिरहँदा असल, महिलामैत्री र महिलामाथि सम्मानको दृष्टिकोण राख्ने सम्मानित व्यक्तित्त्वहरु प्रति भने सदैव आदर भाव रहिरहेको छ, रहिरहने छ ।

सार्वजनिक सेवामा महिलालाई नीतिगत रुपमा पद, स्थान दिईएको छ तर भूमिकामा संका गरिएको छ । कतिपय अवस्थामा पदीय हैसियतलाई आलङ्कारिक बनाउन खोजिएको देखिन्छ । राज्यले नीतिगत रुपमै व्यवस्था गरेका कतिपय कुराहरुलाई व्यवहारतस् उपेक्षा गरिएको छ । यसरी केवल महिलाको सार्वजनिक सेवा वा निजामती सेवामा प्रतिनिधित्व भएको छ तर अर्थपूर्ण सहभागिता अझै हुन सकेको देखिँदैन । महिला कर्मचारीहरुलाई गुणात्मक रुपमा सशक्त र सक्षम बनाउनेतर्फ विविध नीतिगत व्यवस्थाहरुले निर्देशित गरेको भएपनि व्यवहारमा पूर्ण रुपमा लागु भएको पाइँदैन । सम्बन्धित पक्षको उचित ध्यान पुग्न सकेको देखिँदैन । जे जति सेवा, सुविधा, अवसर तथा भूमिकाहरु प्रदान गरिएका छन् त्यसमा पनि कतै न कतैबाट प्रत्यक्ष वा परोक्ष रुपमा अवरोध र नियन्त्रण कायमै रहेको छ ।

महिला कर्मचारीका भूमिका, अवसर, सुविधा र सशक्तताका कुराहरु समयक्रममा सुधार हुँदै जालान् । यो राज्यको नीति र दृष्टिकोण र मूल्यमा भर पर्ने विषय हो । राज्यको नीति कार्यान्वयन गर्दै जाने र हाम्रा व्यवहार, चिन्तन, मूल्य र धारणामा सुधार गर्न सकेमा मात्र महिला कर्मचारीहरुको पेशागत जीवनमा सहजता आउन सक्ने देखिन्छ ।

प्रकाशित :२०७९ माघ १२, बिहीबार ०६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry