मान्छेहरु भन्छन् :-उ हेर सत्ता डरायो
गणतन्त्रको उच्चतम पदमा आसीन व्यक्तिहरुले गणतन्त्र
नबुझेको , राजतन्त्र बुझेको हुँदा त्यस्तै हुन खोजेको ।
Advertisement 1
जुन विकृतिको विरुद्ध गणतन्त्र आयो त्यही विकृतिको
खाडलमा डुबेको देख्दा सिद्धान्तले नभई रिसले
कम्युनिस्ट बनेको प्रष्ट देखियो ।
आलो गणतन्त्रमा आलङ्कारिक राष्ट्राध्यक्ष पद विवादमा
आउनु र ल्याउनु चिन्ताजनक ।
Advertisement 2
आन्दोलनबाट राजतन्त्र आउदैन । आन्दोलनबाट आउने
भनेको लोकतन्त्र हो ।
असम्भव कुरा सम्भव भएछ र “राजसंस्थाू फर्केछ भने
सहमतिबाट मात्र हो ।
Advertisement 3
राजतन्त्रै चाहिएको हो भने “राजतन्त्र” आएपछि राजाले
जे मन लागे गरे हुन्छ भन्न तीन करोड नेपालीको एकमत
आवश्यक पर्छ ।
राजा फर्काउने अभियानमा रुचि राख्नेहरुले कम्युनिस्ट र
काङ्ग्रेसलाई मुखै छाडेर गाली गरेको देखिन्छ । राजा
आए पनि काङ्ग्रेस र कम्युनिस्ट रहन्छन् । यिनले माने
राजा रहन्छन् नमाने जान्छन् । राजा यिनैहरुसङ्ग मिल्छन ।
कदाचित राजसंस्था आयो भने अहिलेभन्दा ज्यादा
सहमति खोज्न वाध्य हुनेछ । राजसंस्था बहुमत या
अल्पमतसङ्ग सम्बन्धित हुँदैन । राजाले हिन्दूसापेक्ष राष्ट्र
कायम गर्न र संघीयता खारेज गर्न झन सक्ने छैनन् ।
आजका जुलुसका मुख्य जिम्मेवार कपाका दुई , मध्यम
जिम्मेवार नेकाका दुई र अन्य श्रेणीका केही मानिस हुन् ।
८ चुनावमा हारेको पार्टीका मुलीले शासकीय विषयमा
चाख लिए भनेर आलोचना गर्ने इतर समूहका वयोवृद्धले
पुलेसो उद्घाटन नगरे के हुन्छ रु ल उद्घाटन गरेर चित्त
शान्त पार्न खोजे रे ! डोरी तान्न दिए सत्ताको कुन शाखमा
बट्टा लाग्छ ? “माग्ने नकटो दिने नकचरो ।” उखान छ
मैले बजेट हालेको भन्नु र कर्मचारीहरूप्रति प्रयोग भएका
शब्द शोभनीय थिएनन् ।
समाजमा विखण्डन ल्याउने यिनै कम्युनिस्ट र काङ्रेस
हुन् भन्ने सुनिन्छ । काङ्ग्रेस र कम्युनिस्टले चेतना ल्याए ,
चेतनाले आफ्नो अवस्थिति चिनायो । अपहेलित
अवस्थामा रहेकाले अधिकार माग्न थाल्यो । अधिकार
माग्दा समाजमा हलचल आयो । मिलाएर जान नसक्ने
समाज विखण्डित हुन्छ । सत्य कुरो बुझ्नुमै लाभ छ ।
यी कम्युनिस्ट र काङ्ग्रेस ज्यादै गफाडी , अहङ्कारी ,
स्वार्थी , आडम्बरी , झगडालु , अल्छी र लहडी रहेछन् ।
कम्युनिस्टका तिलस्मी कुरा पत्याउन लायक रहेनन् ।
नेताहरू बेहुर्मत भए । सिद्धान्त रहेन । लाजको अवसान
भयो ।
यी गणतन्त्रे लड्दा जुलुस निस्क्यो , मिल्दा पातलिन्छ ।
भावुक राजतन्त्रर राजसंस्थावादीको भावनाप्रति सम्मान
छ ।
उहाँहरुमध्ये राजतन्त्रवादी र राजसंस्थावादीको कित्ता
एउटै होला रु त्यो त मिल्दैन ।
तैपनि हेर त ककाू नेतेश्वरहरु! जुलुस आयो ।
मानिसहरु भन्छन् : ऊ हेर सत्ता डरायो ।