सूत्रदेखि समाधिसम्म: ज्ञानको एकीकृत यात्रा

मानव सभ्यताको इतिहास मूलतः खोजको इतिहास हो। बाह्य जगतको मात्र होइन, आन्तरिक सत्यको पनि। पत्थरको युगदेखि क्वान्टम युगसम्म, मन्दिरदेखि प्रयोगशालासम्म, ध्यानगुहा देखि सुपरकम्प्युटरसम्म, मानव चेतनाले सधैं एउटा प्रश्न बोकेको छ: को हुँ? यो ब्रह्माण्ड के हो?” यही प्रश्नको गर्भमा जन्मिन्छ — सूत्रदेखि समाधिसम्मको यात्रा।

Advertisement 1

सूत्र शब्द होइन, यो चेतनाको बीउ हो।सूत्र अर्थात् अत्यन्त सानो तर अत्यन्त गहिरो संकेत। उपनिषदहरूका महावाक्यहरू, बुद्धका मौन प्रवचन, ऋषिहरूका मन्त्र, गीता र धम्मपदका श्लोकहरू यी सबै सूत्र हुन्। यिनले कुनै जटिल दर्शन हैन, तर चेतनाको द्वार खोल्छन्।

“तत्त्वमसि”, “अहं ब्रह्मास्मि”, “सर्वं खल्विदं ब्रह्म” यी भाषिक अभिव्यक्ति मात्र होइनन्, यी चेतनाको कम्पन हुन्।यही सूत्रबाट सुरु हुन्छ मानव आत्माको यात्रा।ज्ञान बाहिर खोज्ने आँखाबाट भित्र हेरिने आँखातर्फको यात्रा,शब्दको माथिल्लो अर्थबाट मौनको गहिराइतर्फको यात्रा,अहँकारबाट आत्मासम्मको यात्रा।

Advertisement 2

यो यात्रा धार्मिक वा आध्यात्मिक मात्र होइन, वैज्ञानिक पनि छ। आधुनिक भौतिकशास्त्रले भन्छ — पदार्थ ऊर्जा हो, ऊर्जा कम्पन हो, र कम्पन चेतनाको अभिव्यक्ति हो। वैदिक दर्शनले पहिले नै भनिसकेको थियो — “नाद ब्रह्म”, अर्थात् ध्वनिमा ईश्वरको वास हुन्छ। आजको विज्ञानले माइक्रोटो वेभ, न्युरोन, फोटोन, डार्क म्याटरका बारेमा चर्चा गर्छ; प्राचीन ऋषिहरूले नाद, बिन्दु, चित्त, आत्मा, ब्रह्म को बात गर्थे।

यसरी विज्ञान र आध्यात्मिकता छुट्टै होइनन् — एउटै सत्यका दुई भाषाहरू हुन्।एक बाह्य प्रमाण खोज्छ, अर्को आन्तरिक अनुभूति।
तर गन्तव्य एउटै हो सत्य।

Advertisement 3

यात्राको अर्को चरण हो — चिन्तन अनुभूति।
सूत्र सुन्नु मात्र काफी हुँदैन। त्यसलाई चित्तमा रोप्नुपर्छ, मनन गर्नुपर्छ, आत्मामा पचाउनुपर्छ। यही प्रक्रियाबाट मानिस “जान्ने” बाट “बुझ्ने” र “बुझ्ने” बाट “अनुभव गर्ने” स्तरमा उक्लिन्छ।

ध्यान, साधना, मौन, सेवा, करुणा — यी सबै समाधितर्फका पुल हुन्।
समाधि कुनै अचेतन अवस्था होइन, ऐक्य चेतनाको चरम बिन्दु हो। जहाँ ‘म र तिमी’, ‘जीव र ब्रह्म’, ‘शरीर र आत्मा’ बीचको भेद हराउँछ।
त्यहाँ न द्वन्द्व हुन्छ, न सीमाना, न डर। केवल एकत्व हुन्छ।

आजको मानवता संकटै संकटमा छ — मानसिक, नैतिक, पारिस्थितिक, आध्यात्मिक।
युद्ध, प्रदूषण, स्वार्थ, हिंसा, लालच, सूचना पनि विषझैं लाग्न थालेको युगमा — सूत्रदेखि समाधिसम्मको मार्ग कुनै विलासिता होइन, आवश्यकता हो।
यो मार्गले मात्र मानिसलाई फेरि मानव बनाउँछ।यो मार्गले मात्र पृथ्वीलाई फेरि पवित्र बनाउँछ।

यस अध्ययन/लेखन/अनुसन्धानको मूल प्रेरणास्रोत पनि यही हो।ज्ञानलाई विभाजित होइन, एकीकृत रूपमा बुझ्ने।पूर्वीय अध्यात्म र पाश्चात्य विज्ञानको मिलन स्थल खोज्ने।सूत्रको सादगीतामा समाधिको महासागर देखाउने।

यो यात्रा कुनै ग्रन्थको सिमामा सीमित हुँदैन। यो आत्माको अनन्त यात्रा हो। हरेक साधक, हरेक जिज्ञासु, हरेक पीडित मन यसको यात्री हो।
र जब एक व्यक्ति पनि आफ्नो भित्री प्रकाश पहिचान गर्छ, त्यो मात्र होइन, सारा ब्रह्माण्ड मुस्कुराउँछ।

 

प्रकाशित :२०८२ मंसिर १७, बुधबार १२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry