सरकारी निकायले पठाएनन रिक्त पदकाे विवरण,सामान्यले गर्याे पुन पत्राचार

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्तिको माग गर्ने व्यवस्था कार्यान्वयन सम्बन्धमा लोक सेवा आयोगलाई पत्र पठाएको छ ।

Advertisement 1

मन्त्रालयले पद रिक्त हुने प्रत्येक निकायबाट लोक सेवा आयोगमा नियमित रूपमा जानकारी प्राप्त हुन नआएको कारणले रिक्त पदको यकिन गरी प्रतिशत निर्धारण गर्ने कार्यलाई चुस्त बनाउन नसकिएको भन्दै पत्र पठाएको हो ।

निजामती सेवा ऐन २०४९ को दफा ७क.मा “निजामती सेवाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको एक महिना भित्रमा सम्बन्धित निकायले लोक सेवा आयोगलाई दिई सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिन पर्नेछ” भन्ने व्यवस्था रहेको छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/MOFAGA_Notice_20230116102626.pdf”]

प्रकाशित :२०७९ माघ २, सोमबार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम