रिक्त पदको विवरण आइतबारभित्रै पठाउन मन्त्रालयका निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त पदहरुको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त पदहरुको विवरण उपलब्ध गराउन मन्त्रालयले तल्ला निकायलाई भनेको हो ।
Advertisement 1
तीन दिनभित्र अनिवार्य रुपमा विवरण उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभाग, औषधि व्यवस्था विभाग, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल नर्सिङ क्याम्पस, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रलाई विवरण पठाउन भनिएको हो ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/11/rikta.pdf”]
Advertisement 2
त्यस्तै, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, नारायणी अस्पताल, भरतपुर अस्पताल, मानसिक अस्पताल, भेरी अस्पताल, कोशी अस्पतालसँग पनि विवरण मागिएको छ ।
डडेलधुरा अस्पताल, आयुर्वेद चिकित्सालय, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, राष्ट्रिय औषधि प्रयोगशाला, गजेन्द्रनारायण सिंह अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पशुपति होमियोप्याथिक चिकित्सालयले पनि विवरण पठाउनुपर्नेछ ।








