यस्तो छ देशको पछिल्लो आर्थिक स्थिति (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८० /८१ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
Advertisement 1
राष्ट्र बैंकको तथ्यांक अनुसार मूल्यबृद्धि ८ दशमलव १९ प्रतिशत पुगेको छ । तथ्यांक अनुसार व्यापार घाटा पनि बढ्दै गएको छ । गत साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ रहेको व्यापार घाटा भदौमा बढेर २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । पछिल्लो महिनामा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस्तै शोधान्तर स्थिती भने ५३ अर्ब ६१ करोड रुपैयाँ बचतमा छ । तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति भने घटेको छ ।
साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु१,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु १३१ अर्ब १४ करोड र राजस्व परिचालन रु।१४१ अर्ब ८ करोड रहेको छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Two-Month-data-of-2080.81-