लोकसेवाका रोकिएका परीक्षाहरु अब धमाधम

लोकसेवा आयोगले यसअघि रोकिएका परीक्षाहरु सञ्चालन गर्ने भएको छ । कर्मचारी समायोजनसम्बन्धी परेको रिटमाथि सर्वोच्च अदालतको अन्तिम फैसला आएसंगै रोकिएका परीक्षा सूचारु गर्न बाटो खुलेको हो । आयोगले विज्ञप्ति जारी गरेर रोकिएका परीक्षा तत्कालै अघि बढाउने उल्लेख गर्दै तयारी अवस्थामा रहन परीक्षार्थीहरुलाई आग्रह गरेको छ ।

Advertisement 1

सर्वोच्च अदालतको संवैधानिक इजलाशले कर्मचारी समायोजनसम्बन्धी रिट निवेदनहरुमा अन्तिम फैसला गर्दै पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनको परीक्षा कार्यक्रम १५ दिनको समयावधि दिई यथाशीघ्र प्रकाशन गर्ने आयोगले जनाएको छ ।

Advertisement 2

आयोगले भनेको छ,‘अदालतबाट विभिन्न मितिमा भएका अन्तरिम आदेशबमोजिम स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका लिखित परीक्षा तथा नतिजा प्रकाशनसम्बन्धी कार्यहरु उक्त फैसलामा पदपूर्तिसम्बन्धी काम कारबाही अगाडि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम कम्तीमा १५ दिनको समयावधि दिई यथाशीघ्र प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

प्रकाशित :२०७९ भाद्र १०, शुक्रबार ०६:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम