एसईईको नतिजा आज, त्यसअघि बोर्डको बैठक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । त्यसअघि आजे दिउँसो २ बजे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालको बैठक डाकिएको छ ।

Advertisement 1

परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने उल्लेख गरे ।

बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।   ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

Advertisement 2

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित :२०७९ श्रावण ११, बुधबार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry