घट्यो सार्वजनिक यातायातको भाडा दर,अब कहाँ जान कति ? (सूचीसहित)

सरकारले गाडी भाडामा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको हो । शनिवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य २० र डिजेलको २९ रुपैंयाले मूल्य घटाइसँगै आइतवार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो । जसअनुसार, यात्रीवाहक सवारीमा ५ दशमलव ४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६ दशमलव ९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७ दशमलव ६८ प्रतिशतले भाडा घटाइएको विभागले जनाएको छ । नयाँ भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ ।

Advertisement 1

सरकारले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटे भाडा समायोजन गर्दै आएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/06/bhada-dar.pdf” title=”bhada dar”]

प्रकाशित :२०७९ असार १२, आईतवार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम