खर्च घटाउने सरकारको नयाँ मापदण्ड :- गाडी खरिदमा रोकदेखि प्रोत्साहन र खाना,खाजा भत्ता कटौतीसम्म

सरकारले सवारी साधन खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाई गरेको छ । अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ ।
हालै मन्त्रिपरिषद्ले स्वीकृत गरेको सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ अनुसार वैदेशिक अनुदान तथा ऋणबाट स्वास्थ्य सेवा सञ्चालन र निर्वाचन प्रयोजन बाहेक अन्य अवस्थामा चारपाङ्ग्रे सवारीसाधन खरिद नगरिने गरी वैदेशिक भ्रमणमा कडाई गर्नसम्म उल्लेख गरिएको छ ।
मापदण्डमा अब विशिष्ट व्यक्ति बाहेक सरकारको प्रतिनिधित्व गरी विदेश जाने प्रतिनिधि मण्डलमा तीन जनाभन्दा बढी व्यक्ति समावेश समेत गर्न नपाइने भएको छ। तीनभन्दा बढी व्यक्ति समावेश गर्नुपर्ने भए अर्थ मन्त्रालयको अनुमति लिनुपर्नेछ।

Advertisement 1

मापदण्ड अनुसार सरकारले तोकेको अवस्थामा बाहेक एकभन्दा बढी सवारी साधन उपलब्ध नगराइने भएको छ ।उपयोगमा नआउने २० वर्ष पुगेका सवारी साधनलाई भने अनिवार्य रुपमा लिलामी गर्नुपर्ने अर्थले जनाएको छ ।

यस्तै अब आइन्दा सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्नेछ। सो मापदण्ड अनुसार अब सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन काठमाडौं उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र उपत्यका बाहिर सीडीओको अनुमति अनिवार्य गरिएको छ ।

Advertisement 2

त्यसैगरी, विदेशी पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोजभतेर गर्न पाइनेछैन।

मापदण्डले प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे बापतको भत्ता, खाना वा खाजा भत्तामा पनि रोक लगाएको छ।सरकारी वा आफ्नो निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधा वापतको रकम लिन पाउने छैनन् । त्यस्तो लिएको भेटिएमा भने सरकारी बाँकी सरह असुल उपर हुने भएको छ ।

Advertisement 3

सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ (1)

 

प्रकाशित :२०७८ कार्तिक ९, मंगलवार ०८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry