११ अर्बभन्दा बढी राजश्व नतिर्ने बोटलर्स नेपालले यसरी गर्दैछ चलखेल
विदेशी लगानीकर्ताहरु नेपाली कानुनी लुपहोल्स (छिद्र)मा खेल्दछन् भन्ने अर्काे भयंकर डरलाग्दो तथ्य बाहिरिएको छ । नेकपामा अन्तरकहल चर्किरहँदा अर्काे बहुराष्ट्रिय कम्पनी कोकाकोलाले झण्डै ११ अर्ब कर छली गरेर एनसेलले झैं नेपालबाट धन लैजाने चलखेल गर्दै छ । तर यस्तो गम्भीर सबालमा कतै आवाज उठ्दैन,योजस्तो दुखद कुरा अरु के हुन सक्छ ?
Advertisement 1
राजस्व अनुसन्धान विभागले २३ मंसिर कार्यालय समयमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मार्याे । विभागले कम्पनीका महत्वपूर्ण दस्तावेज सहित बिद्युतिय उपकरण र हिसाब–किताब तथा सहमती–सम्झौतासम्मका कागजपत्र समेत नियन्त्रणमा लियो । विभागले बोटलर्स नेपालले आफ्नो शेयर स्वामित्व गुपचुप बेचेर नेपाल सरकारलाई तिर्नुपर्ने११ अर्ब रूपैयाँ बराबरको राजस्व छली गरेको आशंकामा छापा मारेको हो ।
नेपालमा कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्दै आइरहेको बोटलर्स नेपाल लिमिटेडको साहू (स्वामित्व) फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली भएको हो ।
यसको कारोवार र धन्दा शंकास्पद् लागेपछि राजस्व अनुसन्धान विभागले कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेको छ ।
उसले गुपचुप रुपमै ठूलो परिमारणको सेयर बिक्री गरेको तर राज्यलाई तिर्नुपर्ने पुँजीगत लाभकर छलि गरिरहेको अनुसन्धानमा संग्लग्न अधिकारीहरुको भनाई छ ।
एनसेललले झैं शेयर खरिद विक्री भएको भेटिएपछि उसैगरी कर छली हुन लागेको भेटिएको हो ।
नियम अनुसार यसरी स्वामित्व परिवर्तन हुँदा राज्यलाई २५ प्रतिशत लाभकर तिर्नुपर्ने हुन्छ ।
Advertisement 2
राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानमा दि कोकाकोला कम्पनीले कोकाकोला सब्को एशियालाई १६ अर्ब रुपैयाँमा खरिद गरेको देखिएको छ । आयकर ऐनको दफा ९५ मा सेयर खरिद बिक्रीबाट हुने आम्दानी २५ प्रतिशत पूँजीकर लाभकर लाग्ने व्यवस्था छ । कम्तीमा १६ अर्ब रुपैयाँलाई लाभ गणना गर्दा बोटलर्स नेपालले ४ अर्ब रुपैयाँ पूँजीगतलाभ कर बुझाउनुपर्ने देखिन्छ ।आयकर ऐनअनुसार कुनै पनि कर समयमा नबुझाउँदा करको १५ प्रतिशत ब्याज पनि लाग्ने गर्छ । जसअनुसार बोटलर्स नेपालले अन्तिम कर निर्धारण भएका दिनसम्मको ब्याज बुझाउनु पर्छ । ४ अर्ब रुपैयाँलाई पूँजीगत लाभकर मान्दा पनि बोटलर्सले वार्षिक ६० करोड रुपैयाँ ब्याज बुझाउनु पर्नेछ । सेयर खरिदबिक्री ६ वर्ष पहिला नै भएकाले बोटलर्स नेपालले ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढी ब्याज मात्रै बुझाउनु पर्ने विभागका अधिकारी बताउँछन् ।अनुसन्धानको प्रारम्भिक चरणमा कर, शुल्क र ब्याज गरी बोटलर्सले सरकारलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम बुझाउनुपर्ने देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ ।
सोही लाभकर समेत नतिरिएपछि कोकोकोलाको बदमासी बाहिरिएको हो । यसैगरी बर्ष दिन अघि एनसेलले शेयर विक्री गरी अर्बाै रकम तर मारेको थियो । बोटलर्स नेपालको मूख्य स्वामित्व भएको दुबइस्थित कम्पनी कोकाकोला साउथ वेस्ट एशिया होल्डिङ्समार्फत् सेयर किनबेच भएको भेटिएको छ । नेपालको कम्पनीमा भएको सेयरको स्वामित्व अफ्रिकामा रहेको कम्पनी दि कोकाकोला बोटलिङ इन्भेष्टमेन्ट ग्रुपलाई बिक्री गरिएको छ । यो आज भएको कारोबार पनि हैन । यसरी ठूलो मात्रामा शेयर स्वामित्व विक्री भएको ६ बर्ष बितिसकेको छ तर नेपालका कुनै पनि निकायलाई यस्को जानकारी दिइएको छैन् ।
जसरी यस अघि ठूलो बहुराष्ट्रिय कम्पनी एनसेलले पूँजीगत लाभकर तिर्नुपर्ने गरी सर्वाेच्च अदालतले फैसला गराएको थियो । सो घटना घटेको बर्ष दिन नपुग्दै अर्काे बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उस्तै प्रकारको बदमासी गरेको छ । यसैगरी बहुराष्ट्रिय कम्पनीहरुले कानुनी छिद्र प्रयोग गर्दै कम्पनीको स्वामित्व प्रयोग गर्ने पूँजीगत लाभकर छल्ने अदालतमा मुद्धा मामिला गरी उनीहरुकै हात माथि परिरहने अबस्था कहिलेसम्म रहने ?