नेपाल एसबिआई बैंक र इसेवाबीच सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक र इसेवा प्रालिबीच सम्झौता गरिएको ५। इसेवा ने६वर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्बन्धमा दूईपक्षीय सम्झौता भएको हो।

Advertisement 1

सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिटलगायत बैंकका च्यानलहरूमार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउनेछ। साथै, यस सम्झौताले इसेवा प्लेटफर्ममार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पू¥याउने सम्झौतामा उल्लेख छ।

उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकूमार पंडा र इसेवाका तर्फबाट प्रमूख कार्यकारी अधिकृत जगदीश खड्काले हस्ताक्षर गरेका थिए।

प्रकाशित :२०८१ जेष्ठ २२, मंगलवार ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry