निर्वाचन आयोगका कर्मचारीलाई माघदेखि दोब्बर तलब

स्थानीय तहको निर्वाचन घोषणा भएको २४ माघदेखि नै निर्वाचन आयोग र मातहतका कर्मचारीले दोब्बर तलब पाउन थालिसकेका छन् । ३० वैशाखमा सात सय ५३ स्थानीय तहमै निर्वाचन गर्न लागिएको छ ।
Advertisement 1
अर्थ मन्त्रालयले निर्वाचन आयोगको आर्थिक कार्यविधि स्वीकृत गरेको छ । आइतबार अर्थले कार्यविधि स्वीकृत गरेको र त्यहीअनुसार खर्च गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता दिइसकेको छ ।
प्रकाशित :२०७८ फाल्गुन ३०, सोमबार १४:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%