राजदूत रेग्मीले गरे पदबहाली


बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत छन्।

Advertisement 1

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएका थिए । नेपाल सरकारबाट बेलायतको राजदूतमा सिफारिश हुनुअघि रेग्मीले नेपाल सरकारको मुख्य सचिव पदबाट राजीनामा गरेका थिए । उनले गत बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजदूत पदको सपथ लिएका हुन्

निवर्तमान राजदूत डा.दुर्गाबहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर (थप केहि महिनापछि) गत फेब्रुअरी ७ तारिखका दिन स्वदेश फर्किएका थिए । पछिल्लो समयमा कार्यवाहक राजदूतको रुपमा दूतावासका प्रवक्ता एवम् उप नियोग प्रमुख रोशन खनालले काम गर्दै आएकी थिइन् ।

प्रकाशित :२०७७ फाल्गुन १८, मंगलवार १४:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry