प्रदेश र पालिकाले प्रक्रिया नपुर्‍याई गरेका बढुवा रद्द गर्ने निर्णय

लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीहरूको रुपन्देहीको तिलोत्तमामा दुई दिने दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।उक्त सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

Advertisement 1

जसमा प्रदेश तथा स्थानीय तहहरुले प्रक्रिया पूरा नगरी गरेको बढुवा, तह वद्धि, स्तरवृद्धि लगायतका काम सम्बन्धित प्रदेश लोकसेवा आयोगहरुले रद्द गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको आयोगले जनाएको छ।

सम्मेलनले २०७६ वैशाख १६ गते निर्धारण भएको लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरूको मर्यादाक्रमलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय गरेको छ ।

Advertisement 2

संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई परीक्षामा उमेरको हद नलाग्ने, कुनै लोकसेवा आयोगले कारवाही गरेका उम्मेदवारलाई सबै लोकसेवा आयोगको परीक्षामा आवेदन दिन नपाउने गरी कानुनी व्यवस्था गर्ने सम्मेलनले निर्णय गरेको छ ।

त्यस्तै अन्तर प्रदेश समान तहको पदमा उम्मेदवार हुन नपाउने, कर्मचारीको वृत्ति विकासका आधार र मापदण्डलगायतको विषयमा लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोग ऐनमा आवश्यक व्यवस्था गर्ने पनि सम्मेलनले निर्णय गरेको छ ।

Advertisement 3

सम्मेलनमा संघीय लोक सेवा आयोग र ७ वटै प्रदेश लोकसेवा आयोगका पदाधिकारी सहभागी थिए ।

प्रकाशित :२०७८ फाल्गुन २४, मंगलवार २०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम