लोकसेवा र कर्मचारी समायोजनसम्बन्धी मुद्धाको आजै हुँदैछ फैसला ? के भन्छ सर्वाेच्च प्रशासन ?

निजामती कर्मचारी भर्ना,पदपूर्ति र कर्मचारी समायोजनसम्बन्धी मुद्धाको सुनुवाई आजका लागि पेशी चढेको छ । लोकसेवा आयोगलाई विपक्षी बनाएर दायर गरिएका २४ थान रिटलाई एकै ठाउँमा राखेर सुनुवाई प्रारम्भ भए पनि सुनुवाई नसकिएका गत शुक्रवार चौथो पटक सुनुवाई भए पनि सुनुवाइ नसिकिएपछि आजका लागि पेशी सारिएको थियो ।

Advertisement 1

यस अघि पहिलो पटक पुस २९ गते सुनुवाई नसकिए पछि हेर्दा हेर्दैमा राखिएको सो मुद्धामा ५ माघमा सुनुवाई भएको थियो । सो दिन पनि सुनुवाई नसकिएपछि हेर्दा हेर्दामै राखेर बिहिबार पनि सुनुवाई भएको थियो ।
शुक्रवार समेत पेशीमा चढेर सुनुवाई भएको सो मुद्धा आइतबार भने देशभरका अदालत बन्द भएका कारण सुनुवाई हुन सकेन ।
सर्वोच्चका गत मंगलबार बसेको फुलकोर्टको बैठकले आगामी १८ माघसम्मलाई सेवा कटौती गर्ने निर्णय गरेको थियो । पूर्ण इजलाशले आगामी १८ माघसम्म बन्दीप्रत्यक्षीकरण,मुद्धा फिर्ता तामेली एवम मिलापत्रसम्बन्धी कामबारवाही यस अघि हेर्दा हेर्दै वा निसुमा रहेका मुद्धाहरुको मात्र सुनुवाई हुने जनाइएको छ ।
सोही निर्णय अनुसार अघिल्लो साता हेर्दा हेर्दैमा परेको कर्मचारी समायोजन र लोकसेवा आयोगसँग सम्बन्धी दुई दर्जन मुद्धा सुनुवाईका त्यस यता लगातार पेशीमा चढ्दै आएको छ ।

विगत चार महिनादेखि पेशी सारिदैं आएको सो मुद्धा सर्वोच्च अदालतको पूर्ण इजलाशमा राखेर न्यायधीशत्रय आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल,नहकुल सुवेदीको पूर्ण इजलाशमा यो मुद्धाको सुनुवाई भइरहेको छ ।
शिवहरी दाहाल,अनमोल भट्टराई ,इन्द्र कमल शिवाकोटी,रजिया चौधरी,दिनेश कुमार मण्डल,नविन गौतम लगायतले दायर गरेको सो मुद्धाको आज पनि सुनुवाई हुँदैछ ।
यो मुद्धाको आजै किनारा लाग्ने चर्चा छ ।

Advertisement 2

यो समाचार तयार पार्दासम्म (मध्यान्ह १२ बजेसम्म)मा सो मुद्धाको सुनुवाई प्रारम्भ भएको छैन । कारण यो मुद्धा हेर्दै आएका न्यायधीशद्धय सपना मल्ल र कुमार रेग्मीको संयुक्त इजलाशमा अर्काे पनि मुद्धा पेशीमा चढेको छ । ९ नम्बरको इजलाशमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्धा पेशीमा चढेका कारण पूर्ण इजलाशमा मुद्धा सुनुवाई भइरहेको छैन ।
सर्वाेच्च अदालतका प्रवक्ता वावुराम दाहालका अनुसार,यो मुद्धामा आजै फैसला आउने सम्भवना कम रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले इकर्मचारीसँग भन्नुभयो आज एक बजे अगाडि नै सुनुवाई सकिएको खण्डमा आजै फैसला आउनसक्छ । कथं एक बजे अगाडि नै फैसला सकिएको खण्डमा भोलि वा पर्सीभित्रैंमा फैसला आउने सक्ने उहाँको भनाई छ ।

प्रकाशित :२०७८ माघ १०, सोमबार ११:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry