विश्वराज पोखरेल एआइजीमा बढुवा


संसदीय समितिको निर्देशनको बेवस्ता गर्दै सरकारले विश्वराज पोखरेलाई एआइजीमा बढूवा गरेको छ । हिजो मात्रै संसदको राज्य व्यवस्था समितिले प्रहरीको संगठन तथा व्यवस्थापनमा थप एक एआइजी पद सिर्जना गरिएको भन्दै सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। कुनै निश्चित व्यक्तिलाई मात्र लाभ हुने गरी ओएन्डएममार्फत दरबन्दी सिर्जना गरिएको भन्दै त्यसलाई रोक्न माग गर्दै उजुरी परेपछि समितिले यस्तो निर्देशन दिएको थियो।

Advertisement 1

तर आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले नेपाल प्रहरीका नायव प्रहरी महानिरीक्षक (डिआइजी) पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको हो । एआइजीमा बढुवा भएका पोखरेल भावी प्रहरी महानिरीक्षक आइजीका रुपमा हेरिएको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्सिर १५ गते बसेको बढुवा समिति बैठकले पोखरेललाई एआइजीमा बढूवा गर्न सिफारिस गरेको थियो ।

बुधबार मात्रै राज्य व्यवस्था समितिले ओएन्डएममा थप एक एआइजी पद सिर्जना गरिएको भन्दै सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

प्रकाशित :२०७७ मंसिर २५, बिहीबार १९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry