देशको अर्थतन्त्र सङ्कटमा, सबैजसो सूचक खराब (विवरणसहित)

नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टले देशको वर्तमान आर्थिक अवस्था खराब रहेको देखाएको छ । आर्थिक वर्ष २०७८/ ०७९ को मंसिर मसान्तसम्मको विवरण अनुसार,आयातमा वृद्धि भएको, विप्रेषण घटेको, चालु खाता घाटामा रहेको, शोधनान्तर उच्च घाटामा पुगेको,मूल्य वृद्धि पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको र रेमिट्यान्स लगातार घटिरहेको विवरण सार्वजनिक भएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार,अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक अवस्थामा पुगेको देखाएको छ । जस्मा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा रहेको विवरण सार्वजनिक भएको छ ।
यस्तै मंसिर मसान्तसम्मको व्यापार घाटा सात खर्ब ३५ अर्ब पुगेको रिर्पोटमा उल्लेख छ । यस्तै चालु आर्थिक वर्षको मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि दर अर्थात मुद्रास्फीति सात दशमलव ११ प्रतिशत रहेको छ । राष्ट्र बैंकले चालु आवमा मूल्य वृद्धि दर ६ दशमलव ५ प्रतिशतभित्रै राख्ने लक्ष्य राखे पनि समीक्षा अवधिमा वार्षिक लक्ष्यभन्दा शून्य दशमलव ६१ प्रतिशत विन्दुले मुद्रास्फीति बढेको देखिन्छ ।

Advertisement 1

त्यस्तै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक दशमलव सात प्रतिशतले बढेको छ । नेपाली अर्थतन्त्र टिक्ने मुख्य आधार रहेको रेमिट्यान्स लगातार घट्दो क्रममा रहेको रिर्पोटमा उल्लेख छ ।
मंसिर मसान्तसम्ममा तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।

nrb report

 

प्रकाशित :२०७८ पुष ३०, शुक्रबार १४:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry