अनमीको आकर्षण :- आठ जना माग्दा २१०४ जनाको आवेदन,लिखित परीक्षामा पास भए यी २७ (नामावलीसहित)

मुलुकमा शिक्षित बेरोजगारको संख्या कुन हदसम्म रहेको छ भन्ने एउटा तथ्य हो यो । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले केही महिना अघि स्वास्थ्य सेवा प.हे. न. समूह,चौथो तह अनमी (प्राविधिक) पदका लागि विज्ञापन खुलायो । खुला कोटाबाट ४, महिला १,आदिबासी जनजाती १,मधेसी र दलित एक एक जना गरी कूल आठ जना अनमी मागिएको सो विज्ञापनमा माग गरेभन्दा २६३ गुणा बढीले आवेदन दिए । आयोगले गत मंसिर ४ गते परीक्षामा सम्मेलित २१०४ जनामध्येबाट परीक्षा लिँदा लिखित परीक्षामा २७ जना उत्र्तीण भए । उनीहरुको नामावली आयोगले आज प्रकाशन गरेको छ ।

Advertisement 1

आयोगले उत्तरपुस्तिकामा की उल्लेख नगरेका ११ जनाको उत्तरपुस्तिका रद्ध गरेको जनाएको छ । लिखित परीक्षामा छनौंट भएकाहरुको अन्तर्वार्ता आगामी माघ २ र ३ गते हुने आयोगले जनाएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/result.pdf”]

प्रकाशित :२०७८ पुष १४, बुधबार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम