माघी पर्वको दुई दिन बिदा

माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएकोमा सुदूरपश्चिम प्रदेश सरकारले २ दिन बिदा दिएको हो ।

Advertisement 1

१९ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको नयाँ वर्ष र माघीलाई लक्षित गर्दै प्रदेश सरकारदे यो पर्वमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित :२०७८ पुष ३०, शुक्रबार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry