२४ हजारमा र्‍याल चुहाएपछि मालपोत अधिकृत अख्तियारको फन्दामा

मालपोत कार्यालयका एक अधिकृत घुस लिदै गर्दै गर्दा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

Advertisement 1

सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

जग्गाको अंशबण्डामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा अधिकृत जोशी अख्तियारको फन्दामा परेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले इकर्मचारीलाई जानकारी दिउका छन् । जग्गाको अंशबण्डामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत अधिकृत जोशी अख्तियारको फन्दामा परेका बताइएको छ । गत वर्ष पनि मालपोतकै कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए ।

प्रकाशित :२०७७ चैत्र ६, शुक्रबार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry