छोराको मुद्धाको फैसला ‘फाष्ट्र ट्रयाकमा’अरुका मुद्धा सरेको सर्यैं..
एउटै मुद्धा,जस्मा ‘शक्तिकेन्द्र’का आफन्तले संघ अन्तरगतकै कार्यालयमा पदस्थापन भइसकेका छन्,अरु सयौं चाहिँ अन्याय भुक्तमान गर्दैछन् ।
Advertisement 1
यही मुद्धाका कारण १५ सय भन्दा बढीको नतिजा रोकिएको छ । कर्मचारी भर्ना र पदपूर्ति ठप्प छ । जस्का कारण ३० औं हजार कर्मचारी अन्यौलमा छन् ।एउटै प्रकृतिको मुद्धामा छोराका हकमा फाष्ट्र ट्याकबाट फैसला आउने र अन्यका हकमा मुद्धा अनेकन कारण पेशी सरेको सर्यैं हुँदा कर्मचारी समेत आन्दोलित हुने स्थितीमा पुगेका छन् ।
सर्वाेच्चका न्यायधीश कुमार रेग्मीका भतिज तथा लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीका पुत्र असीम जोडिएका मुद्धालाई अदालतले फाष्ट ट्रयाकमा टुंग्याउँदा उस्तै प्रकृतिका मुद्धा भने ६ महिनादेखि पेशी सरेको सर्यैं छ ।न्यायाधीश कुमार रेग्मी र उनका दाजु तथा लोकसेवा आयोग अध्यक्ष माधवको स्वार्थ अनुकूलको एउटा मुध्दामा यस्तो फैसला गराएका हुन ।
Advertisement 2
यस्को पृष्टभूमि जोडिन्छ ७५ सालको कर्मचारी समायोजनबाट । समायोजनका क्रममा माधवका पुत्र असीम स्थानीय तहमा खटाइएको थियो । उनको समायोजन भएको थियो भरतपुर महानगरपालिका ।रेग्मीको छोरा आ.व. ७४/७५ मा शाखा अधिकृतको विज्ञापनबाट खुलातर्फ सिफारिस भई कर्मचारी समायोजन हुँदा भरतपुर नगरपालिकामा खटाइएका थिए ।
संघमै दरबन्दी रिक्त हुँदाहुँदै प्रदेश तथा स्थानीय तहमा आफूहरुको समायोजन गराइएको भन्दै अनुज घिमिरेलगायत लोकसेवा अध्यक्षको छोरा असिम रेग्मी समेत ३४ जनाले दायर गरेको रिटमा काका कुमार रेग्मीले ०७७ साल पुस १६ गते भतिजोसँग सम्बन्धित मुद्दा भएकाले हेर्न नमिल्ने भनी आदेश गरेका थिए ।
Advertisement 3
तीन बर्ष अघि कर्मचारी समायोजन हुँदा अधिकृत तहका कर्मचारीहरुलाई प्रदेश वा स्थानीय तहमा खटाइएको थियो । यसरी खटाइँदा संघमा अधिकृतको दरबन्दी लुकाइएको फेला परेपछि अनुज घिमिरेसहित लोकसेवा अध्यक्षको छोरा असिम रेग्मी लगायतका निवेदकले ०७७ सालमै रिट दायर गरेका थिए ।
सो रिटको सुनुवाई ७७ पुस ११ गते रिट दायर भएकोमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा पेशी तोकिएर स्थगित भएको देखिन्छ । १३ गते सर्वाेच्चका न्यायधीश टंकबहादुर मोक्तानको बेञ्चमा पेशी चढेको सोही रिट १५ गते न्यायधीश ईश्वर खतिवडाको बेञ्चमा हुँदै पेशी सरेर १६ मा कुमार रेग्मीको इजलाशमा तोकिएकोमा आफ्नै भतिजोले दायर गरेको मुद्धा भएको हुँदा हेर्न नमिलेको कारण पेसी सरेको थियो ।
चैत्रसम्म लगातार पेशी चढेको मुद्धा चार महिनासम्म साउन पछि लगातार सर्वाेच्चको इजलाशमा पहिलो नम्बरमै पेशी चढाइएको अभिलेख भेटिन्छ ।
गत ०७७ चैत्र ३० देखि पेशीमा नचढेको मुद्दा एकाएक उमेश मैनालीहरु घर फर्किएर माधव रेग्मीले लोकसेवाको कमाण्ड सम्हालेसँगै ०७८ साउन १४ गतेदेखि हरेक पटक पेशी चढ्दा (क) नं मा नै पारिनाले पनि शंका गर्नेमाथि बल पुगेको हो ।
१४ साउनमा लोकसेवा आयोगको पदपूर्ति के,कुन अवस्थामा पुगेको छ भन्ने बुझ्ने आदेश मात्र दिएकोमा साउन १८ गते सपना मल्ल र सुष्मालता माथेमाको इजलाशको पहिलो नम्बरमै राखिएको सो मुध्दामा आदेशानुसारको जवाफ मागियो ।
माधव रेग्मीले लोकसेवाको कमाण्ड सम्हालेसँगै ०७८ साउन १४ गतेदेखि हरेक पटक पेशी चढ्दा (क) नं मा राखिएको रेकर्ड सर्वाेच्चको दैनिक कज लिष्ट हेर्दा देखिन्छ ।
१४ साउनमा लोकसेवा आयोगको पदपूर्ति के,कुन अवस्थामा पुगेको छ भन्ने बुझ्ने आदेश मात्र दिएकोमा साउन १८ गते सपना मल्ल र सुष्मालता माथेमाको इजलाशको पहिलो नम्बरमै राखिएको सो मुध्दामा आदेशानुसारको जवाफ मागियो । लोकसेवाले १९ गते जवाफ पठायो ।
पहिलो पेशीको एक हप्तापछि नै उक्त मुद्दा साउन २५ मा पुन पेशी चढ्यो,तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलाशले (क) नं मा राखिएको सो रिट निवेदन पूर्ण इजलाशमा राखेर सुनुवाई गर्ने भन्यो ।
अदालतबाट आदेश आउनु,तीन दिनभित्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्णय गरी माधवका पुत्र असिमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिनु र नतिजाको पर्खाइमा रहेकाहरुको नतिजा रोकिनुले यसमा शंका गर्नेहरुका लागि बल पुगेको छ ।
लोकसेवाले १९ गते जवाफ पठायो । पहिलो पेशीको एक हप्तापछि नै उक्त मुद्दा साउन २५ मा पुनः पेशी चढ्यो,तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलाशले (क) नं मा राखिएको सो रिट निवेदन पूर्ण इजलाशमा राखेर सुनुवाई गर्ने भन्यो । सोही फैसलामा टेक्दै लोकसेवा आयोगका उपसचिव प्रकाश गुरुङद्वारा एक सूचनामा शाखा अधिकृतको नतिजा स्थगन भएको जनाइएको छ । सोही कारण झण्डै ६३१ सय युवा युवती मारमा परेका हुन् ।
सर्वाेच्चको फैसलापछि कर्मचारी समायोजन ऐन ०७५ को दफा ७ अन्तर्गत भरतपुर महानगरपालिका चितवनतिर अधिकृत सातौँ तहमा समायोजन भएका छोरालाई लोकसेवा अध्यक्ष माधव रेग्मीको आग्रहमा भदौ ३ गते मन्त्रिपरिषद्बाटै निर्णय गराएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गराइएको इकर्मचारी डटकमले प्रमाण फेला पारेको छ ।
यसरी सम्पूर्ण परीक्षा भिडेर अन्तिम नतिजाको पर्खाईमा रहेका ६ सय बढी प्रत्यासीको भविष्यमाथि खेलवाड गर्ने काम स्वंय लोकसेवा आयोगकै अध्यक्षबाट भएको पीडितहरुले आरोप लगाउन थालेका छन् ।
अदालतबाट आदेश आएको साता दिन भित्रैमा प्रधानमन्त्री तथा मन्त्रिस्तरीय निर्णय गरी माधवका पुत्र असिमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको भेटिएको हो, सोही मन्त्रिस्तरीय निर्णय भएको ५ दिन पछि दिनपछि सामान्य प्रशासन मन्त्रालयले २३४२३६ कर्मचारी समायोजन नम्बर भएका रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा समायोजन वा पदस्थापन गरिदिएको छ ।
शक्तिकेन्द्रमा रहेका लोकसेवा आयोगका अध्यक्ष रेग्मीको पुत्रलाई संघमा पदस्थापन गर्ने नाममा लोकसेवाको सबै परीक्षा पूरा गरी अन्तिम नतिजाको पर्खाइमा रहेका सयौंका संख्याका अधिकृतहरुको नतिजा पनि लोकसेवाले रोकिदिएको पीडित परीक्षार्थीहरुकमो आरोप छ ।
सोही फैसलामा टेक्दै लोकसेवा आयोगका उपसचिव प्रकाश गुरुङद्वारा गत जारी एक सूचनामा शाखा अधिकृतको नतिजा स्थगन भएको जनाइएको छ ।
सोही कारण झण्डै ६३१ सय युवा युवती मारमा परेका हुन् ।
अदालतमै विचराधिन मुद्धाका समयमै सुनुवाई नहुँदा लिखित परीक्षा र अन्तर्वार्ता दिएर बसेका झन्डै १५ सय परीक्षार्थीको परीक्षाफल रोकिएको छ ।
कर्मचारी भर्ना प्रक्रिया रोकिँदा प्रवेश परीक्षा पास गरेर बसेका १० हजार नायब सुब्बा र २० हजार अधिकृत समेत अन्यौलमा छन् ।
सर्वोच्चले कर्मचारी भर्नासँग सम्बन्धित ३२ निवेदनको सुनुवाइका लागि पेसी पटकपटक सादै आएको छ ।
अस्ति बिहिबार मुद्धा न्यायाधीशहरू दीपककुमार कार्की, विश्वम्भर श्रेष्ठ र नहकुल सुवेदीको पूर्ण इजलासमा चढेको थियो तर विश्वम्भर श्रेष्ठका कारण हेर्न नमिल्नेमा परेर पेशी फेरि सरेको छ ।
यसको अघिल्लो साता यस मुद्दामा सुनुवाइ गर्ने कार्यतालिका रहे पनि भतिजा असिम रेग्मी जोडिएको मुद्दा गोला झिक्दा काका कुमार रेग्मीको इजलासमा परेपछि स्वार्थ बाँझिने भन्दै स्थगित हुन पुगेको थियो ।
पीडितहरुको प्रश्न छ,यसरी पटक पटक हेर्न नमिल्नेको सूचीमा पर्दै पेशी सरिरहने हो भने हाम्रो मुद्धाको सुनवाई हुन्छ चाहिँ कहिले ?