तीन साता नबित्दै यी ९ सहसचिवको सरुवा संशोधन

२५ दिनको बीचमै सरकारले फेरि ३० सहसचिवको सरुवा गरेको छ । यस अघि गत भदौं २९ मा एकै पटक ८५ जना सहसचिवको सरुवा गरेको थियो । जसमध्ये ९ सहसचिवले आफ्नो सरुवा संशोधन गराएका छन् । गत भदौं २९ मा प्रशासन सेवातर्फका ५४ जना सहसचिवको सरुवा गरिएकोमा ९ सहसचिवले आफ्नो सरुवा संशोधन गराएका हुन ।प्रशासन तर्फका ८ जना सहसचिव र कृषिका एक जना सहसचिवले तीन सातामै आफ्नो सरुवा संशोधन गराउन सफल भएका छन् ।

Advertisement 1

बाँकी २१ जना थपेर शुक्रवारमात्र ३० सहसचिवको सरुवाको सूची सार्वजनिक भएको छ ।
सरुवा संशोधन गराउन सफल भएका सहसचिवहरुमा रघुराम विष्ट,जितेन्द्र बस्नेत,आभा श्रेष्ठ कर्ण,सागर आचार्य,महादेव पन्थ,तुल्सीराम सेढाई,मदन भुजेल,ज्ञानप्रसाद ढकाल,किसानलाल भट्ट छन् ।
मन्त्रालयले गत भदौं २९ मा सरुवाको सूची निकाल्दा सहसचिव रघुराम विष्टको सरुवा सामाजिक विकास मन्त्रालय,सूदुरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएकोमा तीन सातामै सरुवा संशोधन गरि महिला बालबालिका वा जेष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ ।
यस्तै गृह मातहतको पञ्जीकरण विभागका हाकिम रहेका जितेन्द्र बस्नेतको सरुवा लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयमा गरिएकोमा संशोधन गरी आर्थिक मामिला मन्त्रालय,सूदुरपश्चिम प्रदेशतिर पठाइएको छ ।
यस्तै सहसचिव आधा कर्ण श्रेष्ठलाई हुलाक विभागको महानिर्देशकबाट श्रम मन्त्रालय वा मातहतमा सरुवा गरिएकोमा तीन साता नबित्दै आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशतिर पठाइएको छ ।
यस्तै,सागर आचार्यलाई गृह मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशमा खटाइएकोमा संशोधन गरी राष्ट्रपतिको कार्यालयमा खटाइएको छ ।
यस्तै सहसचिव महादेव पन्थलाई सामाजिक विकास मन्त्रालय,लुम्बिनी प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तरगत सरुवा गरिएकोमा संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।
अर्काे सह सचिव तुल्सीराम सेढाईको सरुवा २५ दिन अघि गृहबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा खटाइएकोमा संशोधन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १ नम्बर प्रदेशमा पठाइएको छ ।
यस्तै सह सचिव मदन भुजेललाई आन्त्रिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेशबाट राष्ट्रिय दलित आयोगमा खटाइएकोमा संशोधन गरी राष्ट्रिय प्राकृति स्रोत तथा बित्त आयोगतिर पठाउने व्यवस्था मिलाइएको छ ।
सरुवा संशोधन गराउन सफल अर्का सहसचिव हुन ज्ञानप्रसाद ढकाल,गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएकोमा सरुवा संशोधन पछि उनी खानेपानी मन्त्रालयमा पुगेका छन् ।
प्रशासन सेवाका आठ जना र  कृषि सेवाका एक जना गरी नौ जना सह सचिवको  सरुवा संशोधन भएको छ । कृषि सेवाका डा किसानलाल भट्टको सरुवा संशोधन गरी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशमा पुर्याइएको छ ।

प्रकाशित :२०७८ आश्विन २४, आईतवार ०९:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry