आजबाट बन्द हुनेछन् सरकारी खाता

 

Advertisement 1

महालेखा नियन्त्रकको कार्यालयले आजदेखि सरकारी खाता बन्द हुने जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन ७ दिन अगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था छ।सोही व्यवस्था अनुसार आजबाट सबै खालको चेकको भुक्तानी रोकिने महालेखाले जनाएको छ ।

एकल खाता कोषबाट जारी भएका राजस्वका चेकबाहेक अन्य सबै खालको चेकको भुक्तानी रोकिने भएको हो । दुई साता अघि नै महालेखाले यससम्बन्धमा परिपत्र गरेको थियो । गत असार १० को परिपत्रमा चालू आर्थिक वर्षका सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न भनेको थियो ।
महालेखाको उक्त परिपत्र अनुसार आजबाट सबै कोलेनिका र प्रलेनिकाको खाता बन्द हुनेछन् । प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र(, एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) आजदेखि एक साताका लागि बन्द हुनेछन्।

प्रकाशित :२०८० असार २४, आईतवार ०६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry