बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं। राष्ट्रियसभाका सांसदहरूले बाढी प्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
Advertisement 1
राष्ट्रियसभाको आजको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका हन्।
बैठकमा सांसद कृष्णबहादुर रोकायले रसुवा र भोटेकोशी क्षेत्रमा गएको बाढीबाट बालबालिका, गर्भवती तथा ज्येष्ठ नागरिकलगायत अशक्त र जोखिममा रहेका समूह बढी प्रभावित भएको र उनीहरूलाई लक्षित गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न माग गरे।
Advertisement 2
यसैगरी सांसद घनश्याम रिजालले विपद्का समयमा उद्धार, राहत र पुनःस्थापनाका काम प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको बताए। जोखिममा रहेका हिमतालमा पूर्वसूचना प्रणाली जडान गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए।
सांसद पदमबहादुर परिवारले कृष्णभीरमा पहिरो गएको २ साताभन्दा बढी समय भइसके पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको बताए। उनले काठमाडौँ–नुवाकोट आवागमनलगायत सडक सम्पर्कमा देखिएका समस्याको स्थायी समाधान खोज्नुपर्ने र हवाई यातायातको भाडा महँगिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।
Advertisement 3
सांसद पूजा चौधरीले सामाजिक सञ्जालमार्फत भोटेकोशी बाढीपीडित महिलालाई तथानाम गालीगलौज तथा दुव्र्यवहार गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरीन्। सांसद रुक्मिणी कोइरालाले बाढीपीडितलाई छिटोभन्दा छिटो राहत वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरीन्।
त्यसैगरी सांसद विष्णुकुमारी सापकोटाले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै सहज आपूर्ति तथा वितरणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद विष्णुदेवी पुडासैनीले पनि बाढीपीडितलाई अत्यावश्यक सामग्री समयमै पु¥याउने व्यवस्था मिलाउन आग्रह गरीन्।
शून्य समयमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले समसामयिक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।








