“कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउनू “
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको छ। शुक्रवार सचिवस्तरको निर्णय गर्दै जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेका हुन्।
स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो सञ्चार माध्यमहरूमा आएको भन्दै मन्त्रालयले भत्ता उपलब्ध गराउने कार्य भइरहेको बताएको हो।
कोभिड संक्रमितहरूको प्रति बिरामी प्रति दिनका हिसाबले असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम जोखिम भत्ता समेत समावेश गरी निकासा भइसेको छ र कार्तिक महिनाको रकम भुत्तानीको क्रममा रहेको जनाइएको छ ।