सिँचाई विकासका सव-इन्जिनियर दुई लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिनियरलाई घुसको रकमसहित पक्राउ गरेको छ ।
Advertisement 1
पक्राउ पर्नेमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बसुन्धरामा कार्यरत सव-इन्जिनियर दिपेन्द्रकुमार केसी रहेका छन् ।
सव-इन्जिनियर केसीलाई कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौतामा सेवाग्राहीसँग २ लाख घुस लिएको अवस्थामा रकमसहित कार्यालयबाटै पक्राउ गरिएको हाे ।
Advertisement 2
आयोगका प्रवक्ता नारायण रिसालका अनुसार सम्झौता अनुसार कार्य सम्पन्न गरेर अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना पाएपछि कार्यालय नै पुगेर पक्राउ गरिएकाे हाे ।
घुस रकमसहित पक्राउ परेका केसीमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित :२०७८ आश्विन २०, बुधबार ११:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%