नियुक्ति,बर्खास्त,बढुवादेखि ऐन स्वीकृतिसम्म :- यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्ति,बर्खास्त,बढुवादेखि केही ऐन स्वीकृत गर्नेसम्मका निर्णयहरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव रविलाल पन्तलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ।
Advertisement 1
अर्थमन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सर्वाेत्तम शेयर प्रकरणमा मुछिएका उनलाई अर्थ मन्त्रालयले निलम्बन गरेर स्पष्टीकरण समेत सोधेको थियो । यस्तै क्याविनेट वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा गोपीचन्द भट्टराइलाई तोकेको छ भने ऋण असुली न्यायाधिकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई पठाएको छ ।
सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ र विद्युतीय राहदानी बूकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू सेक्युरिटी फिचर्स स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
यस्तै असोज २४ गतेदेखि असोज २८ गतेसम्म हुने असंलग्न आन्दोलनमा सहभागी देशहरूको बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत गरिएको प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।