राजस्व अनुसन्धान विभागको महानिर्देशकमा पौडेल

राजश्व अनुसन्धान विभागको महानिर्देशको जिम्मेवारी प्रकाश पौडेलले पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई जिम्मेवारी दिएको हो ।
Advertisement 1
पौडेल यस अघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको रुपमा कार्यरत थिए । उनलाई त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय माताहत रहेको विभागमा पठाइएको हो । वाणिज्यमा आउनु अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।
प्रकाशित :२०७८ आश्विन १३, बुधबार १६:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%