आधिकारिक ट्रेड युनियनको महासचिव पदमा तेजकुमार केसी नियुक्त

रिक्त रहेको निजामती कर्मचारी आधिकारीक ट्रेड युनियनको महासचिव पदमा तेजकुमार केसीलाई नियुक्त गरिएको छ ।
Advertisement 1
यस अघि निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको महासचिव पदमा रहेका सुवोध कुमार देवकोटा उपसचिव पदमा बढुवा भएसँगै सो पद रिक्त थियो । त्यहाँ नेपाली कांग्रेसको भातृ संगठन नेपाल निजामती कर्मचारी युनियनले केसीलाई पठाएको हो । केसी नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्षको भूमिकामा थिए ।गत निर्वाचनमा युनियनले देशभरबाट खसेको मतमध्ये ३४ दशमलव १६ प्रतिशत मत प्राप्त गरी दोश्रो स्थान पाएको थियो ।
गत निर्वाचनमा नेपाली कांग्रेस निकट युनियनले दोश्रो धेरै मत पाएपछि आधिकारिक ट्रेड युनियनको महासचिव पद पाएको थियो । नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष सुबोध कुमार देबकोटालाई त्यहाँ पठाइएकोमा हालैमात्र उनको उपसचिव पदमा बढुवा भएसँगै सो पद रिक्त भएको थियो।
केसीले आजै महासचिव पदमा शपथ लिएका छन् साथैं पदभार ग्रहण पनि गरेका छन् । केसीलाई आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले सपथ गराएका छन् ।
तेज कुमार के सी नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष हुन। सुचना प्रबिधि बिभागका सूचना प्रबिधि अधिकृत समेत रहेका केसीले आधिकारिक ट्रेड युनियनको महासचिव पदमा शपथ पश्चात् उनले अब आधिकारिक ट्रेड युनियनको आसन्न निर्वाचनलाई मुख्य कार्यको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्मचारी युनियनको उपाध्यक्ष सहित आधिकारिक ट्रेड युनियनको महासचिव पदमा रहँदा बिधान बमोजिम कर्मचारीहरुको साझा हित र संघीय कानुन बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताएका छन् ।