सिंहदरबारको कब्जामा निजामती पुरस्कार

कुनै समय विवादित पृष्टभूमिका सूर्य गौतमलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएकै कारण आजसम्म पनि २ लाख राशीको उक्त पुरस्कार विवादमा मात्र परेको छैन् । ५ बर्षदेखि उत्कृष्ट निजामती पुरस्कार वितवरण हुन सकेको छैन् । विगतका बर्षमा झै यस बर्ष समेत विवादित र भ्रष्ट चरित्रका एक कर्मचारीलाई उत्कृष्ट निजामती पुरस्कार प्रदान गरिएसँगै पुरस्कारको गरिमामै प्रश्न उठ्न थालेको छ ।

Advertisement 1

यस अघि भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार थापेका छन् । जसमध्ये गौतम,तिवारी,काफ्ले विवादित चरित्रका पात्र हुन् । यस अघि सर्वोत्कृष्ट पुरस्कार थापेका सहसचिव सूर्य गौतम (हाल श्रम सचिव)लाई लोकसेवा आयोगमा विज्ञ हुँदा आफ्नी श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेसँगै सर्वोत्कृष्ट निजामती पुरस्कार नै विवादमा पर्दै आएको छ । सोही कारण ०७३ सालदेखि यो पुरस्कार वितवरण गर्न छाडिएको छ ।

दिवसको अवसरमा २० कर्मचारीलाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ६० जना कर्मचारीलाई निजामती पुरस्कार प्रदान गरिएको थियो । यो अघिल्लो आर्थिक बर्ष र यस पटकको निजामती पुरस्कार एकै पटक प्रदान गरिएको हो ।

Advertisement 2

No description available.
दिवसको अवसरमा  २० कर्मचारीलाई १ लाख राशीको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।  यही पुरस्कार थाप्नेमध्ये डा भीमसिं तिङ्करीसमेत छन् । तिंकरी तिनै पात्र हुन्,जस्ले ओम्नी ग्रुपसँग मिलेर कोरोना रोकथाम तथा नियन्त्रणको औषधीमा कालोबजारी गरेको आरोप छ । जागिरे जीवनमा रहँदा बदनामी कमाएका  कर्मचारीलाई पात्रलाई पुरस्कृत गरिएसँगै पुरस्कारको महिमा र गरिमा घटेको कर्मचारीहरु नै गुनासो गर्दछन् । यस पटक एक लाख राशिको पुरस्कार थाप्नेमा सर्वाेच्च अदालतका सह रजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम लगायत छन् ।

यस्तै महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशङ्कर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, कृषि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्ले पुरस्कृत हुँदैछन् ।

Advertisement 3

सरकारले यस बर्ष १० लाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार प्रदान गर्दा सिंहदरबारभित्रै कार्यारत ३२ जना कर्मचारी परेका छन् । ४० वटा पुरस्कारमध्ये ३२ वटा सिंहदरबार र मन्त्रालयमा कार्यरत कर्मचारीहरुको कब्जामा छ । दुर्गममा बसेर जनताका सेवाका खटिएकामध्येबाट ८ जना कर्मचारीमात्र पुरस्कृत भएका छन् । केही अघि दुर्गममा पहाड र हिमालको अप्ठ्यारो बाटोमा औषधि बोकेर हिडिरहेका महिला कर्मचारीको तस्विर सार्वजनिक मात्र भएन,त्यो तस्विर भाइरलै भयो । तर त्यस्ता कर्मचारीले मन्त्री,सचिवको दौलो चाहर्न नजान्दा राज्यको आँखा उनीहरुमाथि पुग्न सकेन ।

प्रकाशित :२०७८ भाद्र २३, बुधबार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry