सामान्य प्रशासन :- गज्जबको पथ प्रदर्शक, वरिष्ठलाई लत्त्याएर कनिष्ठलाई महानिर्देशक !

सिनियरलाई लत्याएर जुनियरलाई जिम्मेवारी ! मन्त्री हृृदयेश त्रिपाठी र तत्कालीन सचिव सूर्य गौतमहरूले मातहतको एक आयोजनामा दुई वर्ष सिनियर सहसचिवलाई लत्याएर कनिष्ठलाई महानिर्देशक बनाएका छन् । यस्तै, ६ वर्षे सिनियरलाई उपमहानिर्देशकको जिम्मेवारी नदिई जुनियरलाई जिम्मेवारीको भारी बोकाए । यसरी मन्त्री र सचिवको ज्यादतीका कारण अन्याय भुक्तमान गरिरहेका सहसचिव हुन् ई. गणेशराज वस्ती ।
मन्त्रालय मातहत अर्बाैं बजेट भएको स्थानीय पूर्वाधार विभागमा ०७१ का सहसचिव वस्तीलाई जिम्मेवारी नदिई ०७३ सालमा नाम निकालेका ईश्वर मरहठ्ठालाई लगिएको छ । नियमानुसार सिनियर सहसचिवलाई नै महानिर्देशक बनाइने प्रावधान छ । वस्ती अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना प्रमुख हुन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट तानेर मरहठ्ठालाई जिम्मेवारी दिइएको हो । यसअघि त्यहाँका उपमहानिर्देशक पवनकुमार श्रेष्ठले अवकाश पाएका थिए । वस्तीले उपमहानिर्देशकमै जाने रुचि देखाए तर एक वर्षसम्म सो पद रिक्त राखेर त्यहाँ उनीभन्दा ६ वर्ष कनिष्ठ अशोक शाह ल्याइएको छ । झण्डै आठ वर्षअघिकै घटना अहिले दोहोरिएको जानकारहरू सुनाउँछन् । त्यतिखेर भीम उपाध्याय डोलिडारको हाकिम थिए । उनलाई त्यहाँबाट हटाएर जीवनकुमार श्रेष्ठलाई लगिएको थियो ।

प्रकाशित :२०७७ कार्तिक १९, बुधबार १४:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry