सन्दिप विरुद्धको मुद्दा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

Advertisement 1

पटक पटक पेसी सर्दै आएको क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दाको आजका लागि पेसी तोकिएको हो । यसअघि गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि कानुन व्यवसायीहरूको चितवनमा कार्यक्रम रहेको भन्दै सन्दीप पक्षका वकिलहरूले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए ।

लामिछानेविरुद्ध २०७९ साल कात्तिक १४ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

प्रकाशित :२०८० पुष ८, आईतवार १०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry