लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने
लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिए ।
Advertisement 1
राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको रिक्त स्थानमा निर्वाचन हुन लागेको उनको भनाइ थियो । निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ ।लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने भएका छन् ।
प्रकाशित :२०७८ पुष १८, आईतवार १५:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%