भौतिकवाद, धर्म र अध्यात्मवाद
मानिसको सुख सुविधाका लागि विज्ञान सापेक्ष विकास नै भौतिकवाद हो ।त्यस्तै संस्कार,संस्कृति,प्रथा,परम्परा विश्वास धर्म हो भने सुख शान्ति प्राप्तिको लागि लोभ,मोह,सुख,सुविधावाट टाढा रहि दर्शन चिन्तन नै अध्यात्मवाद हो।
भौतिकवादले सुख दिन सक्दैन सुविधा मात्र दिन्छ। विश्वमा चरम विज्ञानको विकास भएका मुलुकहरूमा पनि रोग,भोक,शोक अहिले पनि व्याप्त छ। पृथ्विमा उन्नत विकास गरी चन्द्रमा वस्ति बसाउन परिकल्पना गरिरहेको मानिस पनि दुखी छ,सन्तोषी छैन।मानिस अर्वपति छ, करौडौको सवारी साधनमा हिड्छ, सयौ नोकर चाकर छन्,दैनिक प्रयोग हुने साधन विज्ञानसम्मत छन् तर पनि मानिस खुशी र सुखी हुन सकेको छैन।
गरिवहरूको धर्म भौतिकवादको आकांक्षासंग जोडिएको हुन्छ अध्यात्म चिन्तनसंग होईन। धर्मप्रति विश्वास राख्ने अधिकांशले मन्दिर वा गिर्जा घर वा प्रार्थना, पाठ माध्ययमबाट जागिर होस,पदोन्नति होस, राम्रो ठाउँमा सरूवा होस, धेरै धनसम्पत्ति प्राप्त होस, विदेशमा जाने ईच्छा प्राप्त होस आदी भौतिक आकाक्षांयुक्त सुविधा माग्छौ किनभने हामी गरिव छौं ।
मार्क्सले धर्मलाई पश्चिमाको थिचोमिचो अवस्था देखेर अफिमसंग तुलना पनि गर्नुभएको छ। भनिन्छ, चरम पुँजीवादबाट अर्थात विज्ञानको विकासले अध्यात्मवादको जग हाल्छ। यसलाई अर्को शव्दमा समाजवाद स्थापना गर्न सहयोग गर्दछ। गरिवीमा अध्यात्मवाद हुदैन किनकी गरिवीले सुख, सुविधा मोह माग गर्छ भने अध्यात्मवादले स्वतन्त्र त्याग। The End of History and the Last Man मा फ्रान्सिस फुकुयामाले पनि यस विषयको भावलाई स्विकार गरेका छन् । यो विषयलाई विश्वका विकसित देशहरूले चिन्तन गरिरहेका छन् । चरम पुँजीवाद विज्ञानको चरम विकास हो र मानिसलाई सुविधा मात्र प्राप्त गराउन सहयोग गर्दछ।
गरिवीमा धर्मको विकास लोभ,मोह,एकांकी,स्वार्थीपना वढ्छ अर्थात मेरो उन्नति होस,मेरो मात्र पदोन्नति होस, म संग धेरै धनसम्पत्ति होस भनि ईश्वर भगवानसंग माग गर्ने मात्र हुन्छ। यसका आवश्यकता परिपुर्ति भएनन भने मानिसमा डिप्रेसनजस्ता रोगका शिकार हुनु परेको छ। भौतिकवादको विकाससंगै अध्यात्मवादको विकास हुन्छ अर्थात अध्यात्मवाद विकास हुनलाई भौतिकवादको विकास हुनै पर्छ।
उन्नत विकास भएका देशका मानिस र खर्वौ सम्पत्तिका विल गेट्स लगायत पनि पछिल्लो चरणमा अध्यात्मवाद अर्थात मानवतावादमा लागेका सयौं उदाहरणहरू छन्।उनिहरूले विभिन्न फन्ड मार्फत गरिव,दुखीको सेवा गरी वसुधैव कुटुम्वकम चरितार्थ गरिरहेका छन् अर्थात यसैवाट उनिहरूलाई सन्तुष्ट मिलेको छ, खर्वौ पैसा कमाएर होईन। त्यस्तै उन्नत विकास भएका देशहरूले आफ्ना नागरिकलाई विभिन्न सुविधा मार्फत सुख कसरी दिन सकिन्छ भन्ने समाजवादी धारणा प्रयोग गरिरहेका छन् ।
पछिल्लो समयमा विश्वका अधिकांश देशले सिन्थेटिक रिलिजनलाई महत्व दिएको पाईन्छ।
नेपालको विकास मुल नारा “समृद्व नेपाल, सुखी नेपाली” पनि चरम पुजीवादका विकासका माध्ययमबाट समाजवादतर्फ जाने दिशामा केन्द्रित छ । भौतिकवादबाट सुख अर्थात अध्यात्मवाद चिन्तनको सांकेतिक परिकल्पना गरेको देखिन्छ।
प्रकाशित :२०७८ भाद्र १५, मंगलवार ०८:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%