नाडा प्रतिनिधिमण्डल र परिसंघका अध्यक्ष अग्रवालबीच भेटवार्ता

नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आज भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो । आइतवार नाडाका अध्यक्ष दुलालको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले परिसंघका अध्यक्ष अग्रवाललाई भेट गरेको हो ।भेटघाटमा नाडाका अध्यक्ष दुलालले दुई संस्थाहरुबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजिक्षेत्रको सवालमा एकेबध्य भएर अघि बढने र अन्य संभाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
Advertisement 1
अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरिय एशोसिएशनहरु स्थापना भईसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको जानकारी गराए ।
त्यसैगरी, उपाध्यक्ष करण चौधरीले नाडाका सदस्य संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको बताउँदै परिसंघसँग सहकार्य गरेर अघि बढन चाहेको बताए । यस्तै,परिसंघका अध्यक्ष अग्रवालले नाडाका प्रतिनिधिलाई स्वागत गर्दै नाडासँग पहिलोपटक भेट भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकांश रुपमा अटोमोबाइल नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोबाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए ।